Wednesday, February 2, 2011

ठमेलका मसाज केन्द्रहरुबाट ८० युवती पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले पर्यटकीय ठमेल क्षेत्रबाट व्यवसायिक रुपमा यौनजन्य गतिविधि संचालन गरेको भन्दै ८० युवतीसहित १ सय ३ जनालाई पक्राउ गरेको छ। ठमेलका मसाज केन्द्रहरुमा यौनजन्य अश्लिल क्रियाकलाप गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।
डिएसपी केदार ढकालका अनुसार सामाजिक मर्यदा विपरित यौनजन्य अश्लिल क्रियाकलाप भएको जानकारीका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो। ढकालले मसाज केन्द्रहरुमा प्रहरी पुग्द अश्लिल कार्य गरिरहेका ८० महिला र २३ पुरुषलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए। काठमाडौं परिसरले ठमेलमा छापा मार्न जनशक्ति अपुग भएपछि घटना सहायता कार्यदल, सोह्रखुट्टे प्रभाग र आयुक्त कार्यालयको जनशक्ति समेत परिचालन गरेको थियो। प्रहरीले पक्राउ गरेका महिला र पुरुषलाई प्रहरीको मिनी टाटामा कोचेर ल्याएको थियो।

No comments:

Post a Comment

^ Scroll to Top