Friday, June 10, 2011

सञ्चिताको यो घटना संयोग कि भाविको लेखा?


काठमाडौं । भनिन्छ चलचित्र भनेको सपनाको संसार हो। चलचित्र लेखकले देखेको एउटा सपनालाई थुप्रै प्राबिधिक र कलाकारहरुको altमेहिनतले साकार बनाउँछ र पर्दामा हुबहु उतारिन्छ। अपवादलाई छोडेर हेर्ने हो भने अधिकांश चलचित्रहरु काल्पनिक वियबस्तुमा बन्ने गर्छन्। त्यसैले त चलचित्रको कास्टि भन्दा अगाडि नै लेखिन्छ ''यस चलचित्रका घटना तथा पात्रहरु काल्पनिक हुन् कसैको वास्तविक जीवनसँग मेल खान गएका केवल संयोग मात्र हुनेछ।'' यति लेखेर पनि सोही चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्ने कुनै कलाकारको वास्तविक जीवनसाग सो घटना तथा पात्र मेल खायो भने त्यसलाई के भन्ने? केबल संयोग मात्र अथवा भावीले लेखेको ? प्रसङग हो २०६८ जेठ २० गते शुक्रबारबाट काठमाण्डौं उपत्यकामा प्रदर्शनमा आएको चलचित्र ''छोडी गए पाप लाग्ला'' को। केशब भट्टराईद्वारा निर्मित उक्त चलचित्रकी प्रमुख पात्र हुन् अभिनेत्री सञ्चिता लुईटेल। माथि उल्लेखित प्रसङग पनि कसरी सञ्चिताको वास्तविक जीवनसँग झण्डै झण्डै मेलखान गएको बुझाई उनलाई नजिकबाट चिन्ने र दर्शकहरूको छ। संयोग बनेर आएको मान्नु पर्छ। चलचित्र हेरिसकेपछि तपाईंले पनि त्यसको अनुभूति गर्नुहुनेछ। अब कुरा गरौं चलचित्रको कथा र सञ्चिताको वास्तविक जीवनको कथाको संयोगको।

चलचित्रको कथा अनुसार हुनेखाने घरानामा जन्मिएकी सञ्चिताले पोखराका बासिन्दा नागेन्द्रलाई मन पराउँछिन्। परिवारको विरोधपछि उनी घरबाट भागेर पोखरा पुग्छिन्। पोखरा पुगुञ्जेलसम्म सञ्चिता नागेन्द्रको सपनामा हराउँछिन्। जब सञ्चिता पोखरा पुगेर नागेन्द्रलाई भेट्छिन् त्यसपछि उनको भरोसा टुट्छ। त्यहीबेलादेखि सञ्चिताको सम्बन्ध नागेन्द्रसँग पनि टुट्छ। त्यसपछि उनको जीवनमा सहयात्रीको रुपमा राजबल्लभको इन्ट्री हुन्छ तर बिडम्बना राज भने ऋचाको प्रेममा डुबिरहेका हुन्छन्। यो कुरा थाहा पाएर पनि सञ्चिताले राजलाई आङ्खनो मनबाट निकाल्न सक्दिनन्। यता राज पनि आफूलाई धेरै मायाँ गर्ने सञ्चिता पाउँदा के गर्ने के नगर्ने भन्ने द्विविधामा पर्छन्। अन्तत : कसैको प्रेमीलाई सञ्चिताले आङ्खनो जीवनसाथी बनाएरै छाड्छिन् र नयाँ जीवन शुरु गर्छिन्। ''छोडी गए पाप लाग्ला'' को उक्त कथाबस्तु जस्तै सञ्चिताको वास्तविक जीवन पनि हुनेखाने परिवारकै सन्तान भएर शुरु भएको हो। ''अप्सरा'' नायिका सञ्चिताले ''भन्नै सकिन'' चलचित्रको छायाँकन ताका आकाश शाहसँग परिवारको अनुमति बिना नै सम्बन्ध शुरु गरिन् तर आकाशप्रतिको सञ्चिताको भरोसा लामो समयसम्म टिक्न सकेन। आकाशसँग डिभोर्स भएपछि केही समय सञ्चिता एक्लै भईन् तर एक्लो जीवन कहिले सम्मलाई? त्यसपछि चलचित्र यात्रासँगै उनले कोपिलाका पति नायक निखिल उप्रेतीसँग प्रेम गर्न थालिन्। उनीहरूको प्रेम झाँगिदै गयो र केही वर्ष मै विवाहमा परिण्ँत पनि भयो। अहिले सञ्चिताको गर्भमा निखिलकै सन्तान हुर्किरहेको छ। यसरी चलचित्र र सञ्चिताको वास्तविक जीवनका घटना र पात्रहरू मिल्न गएपछि यसलाई के भन्ने? केवल संयोग मात्र वा भाविको लेखा ?

weeklynepal.com

No comments:

Post a Comment

^ Scroll to Top