Friday, June 24, 2011

ऐश्वर्यालाई सलमानको सुझाव -’क्रिकेट टिम बनाउ’


अहिले एश्वर्या राय बच्चनलाई बधाई र शुभकामनाको ओइरो थामिनसक्नु छ । उनी गर्भवती भएको खबरले परिवारमा मात्र हैन, बलिउडभर खुसीयाली छाएको छ । फिल्म निर्माता, निर्देशकदेखि लिएर नायक, नायिका एवं आमदर्शकहरुले पनि एश्वर्या र बच्चन परिवारलाई शुभकामना दिएका छन् । यसमा बलिउडका हस्ती नायक सलमान खान चुक्ने त कुरै भएन । कुनै समय एश्वर्यासँगको चक्करमा पागल झै भएका सलमानले ऐश्वर्यालाई आगामी दिनमा पुरै क्रिकेट टिम बनाउन शुभकामना दिएका छन् । यिनै विश्व सुन्दरीको लागि सलमानले विवेक, साहरुखलगायतसँग दुश्मनी पनि मोलेका थिए ।

‘धेरै धेरै बधाई हजुरबुबालाई (अमिताव बच्चन) । अभिशेक र एश्वर्याले एउटा पुरै क्रिकेट टिम बनाउन भन्ने म चाहन्छु,’ एश्वर्यालाई शुभकामना दिदैं सलमानले भने । बधाइ दिने क्रममा सलमान निकै मुस्कुराइ रहेका देखिन्थे । कतै सलमानले आफ्नो मनभित्रको पीडा लुकाउन ऐश्वर्याले क्रिकेट टीम बनाउन पुग्ने सन्तान जन्माउन भनेर मन बुझाएका छ हैनन् ?

बिहेअघि सलमान र एश्वर्याको सम्बन्धले निकै तहल्का मच्चाएकाले अभिशेक यो खुुसीको खबर सलमानलाई सुनाउने मनस्थितीमा थिएनन् । यद्यपी एश्वर्या र सलमानबीचको पेशागत सम्बन्ध भने टुटिसकेको छैन । २००७ मा बिहेपछि पनि एश्वर्या र सलमानले ‘गड तुसी ग्रेट हो’ नामक फिल्ममा सँगै काम गरेका थिए । एश्वर्या गर्भवती भएसँगै उनी आमा बन्न असक्षम रहेको भन्ने मुम्बइस्थित स्थानिय प्रत्रिकामा प्रकासित समाचार गलत सावित भएको छ ।
Onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top