Friday, June 3, 2011

गोर्खा सैनिकले हात पारे उच्च पदवि



२० जेठ, काठमाडौँ । बेलायती सेनामा कार्यरत एक नेपालीले वीरता सम्बन्धी भिक्टोरियाक्रस पछिको दोस्रो ठूलो पदक प्राप्त गरेका छन् ।

पदक प्राप्त गर्नेमा बेलायती सैनिक म्याग्दी बिम गाविसका ३१ वर्षीय दीपप्रसाद पुन छन् । पुनलाई अफगानिस्तान युद्धमा देखाएको बहादुरीका लागि बाकिङ्घम दरबारमा बुधबार राति आयोजित एक विशेष समारहोबीच बेलायती महारानी एलिजाबेथ द्वितीयाले ‘कन्स्पिस्युअस ग्यालन्ट्री’ नामक उच्च अवार्ड प्रदान गर्दै सम्मान गरेकी हुन् ।

बेलायत सरकारले उदाहरणीय बहादुरीका लागि प्रनाद गर्न सन् १९९३ मा स्थापना गरेको उक्त अवार्ड पाउने पुन बेलायती सेनामा कार्यरत पहिलो नेपाली हुन् ।

पुनले २०६७ असोज १ गते राति अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित एक सैनिक चौकीमा हमला गर्न आएका लालिवान लडाकूलाई एक्लै भिडेर भगाउन सफल भएका थिए ।

‘चौकीलाई चारै तिरबाट तालिवानले घेरेका थिए, मेरो अगाडि उनीहरुसँग लड्नु बाहेक दोस्रो विकल्प थिएन’ पदक हात पारेपछि उनले बेलायती सञ्चारमाध्यमसँगको प्रतिक्रियाका क्रममा भनेका छन् ‘म निश्चित रुपमा मारिन्छु भन्नेमा विश्वस्त थिएँ । आफू मर्नुभन्दा पहिले सकेसम्म धेरैलाई मान्नुपर्छ भन्ने दृढ निश्चयका साथ लडिरहें ।’

सन् २००० मा बेलायती सेनामा भर्ती भएका पुनका हजुरबा र बाबु पनि बेलायती सेनामै कार्यरत थिए । पुनको बहादुरीको प्रसंशा गर्दै बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशन/प्रसारण गरेका छन् ।

Nagarik News + Onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top