Wednesday, June 15, 2011

चोरेरै लखपति भए दुई भरिया


आफू काम गर्ने पसलमै चोरी गरेको अभियोगमा दुई भरिया पक्राउ परेका छन् । पक्राउ परेका भरियाको खातामा २० लाख रुपैयाँभन्दा बढी देखिएको छ । महाबौद्धको एक इलेक्ट्रोनिक्स पसलमा काम गर्ने कुमार बुढाथोकी र ऋषिराज ओलीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा चोरेरै उनीहरूले लाखौँ कमाएको खुलेको हो ।

सुमन अग्रवालको महाबौद्धमा रहेको इलेक्ट्रोनिक्स पसलको गोदामबाट दुई वर्षदेखि चोरेर सामान बेचेकाले नै उनीहरू लखपति बनेका हुन् । नयाँ साँचो बनाएर उनीहरूले गोदाममा रहेको सामान चोरी गर्द आएका थिए ।

व्यापार राम्रै भए पनि सधैँ घाटा भएपछि पसल सञ्चालक आश्चर्यमा परेका थिए । आफन्तबीचमै सञ्चालकको झगडा पथ्र्यो । अचाक्ली भएपछि गोदाममा सिसिटिभी जडान गरिएको यियो । गतसाता बुढाथोकीले सामान चोद र्गरेको दृश्य सिसिटिभीमा कैद भएको थियो ।

बुढाथोकी र ओली पसल सञ्चालकको विश्वासिला मानिन्थे । त्यसको फाइदा उठाउँदै दुवै भरियाले नक्लकी साँचो बनाई गोदामका सामान चोरी गर्दै आएका थिए । सञ्चालकका अनुसार चोरीको शंकामा पसलका अन्य कर्मचारीलाई समेत निकालिएको थियो ।

पक्राउ परेका बुढाथोकीको किष्ट बैंकको खातामा १८ लाख र भीमेश्वर सहकारीको खातामा पाँच लाख रुपैयाँ रहेको देखिएकोे छ । सो रकम चोरीका सामान बेचेरै जम्मा गरिएको अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी लालमणि आचार्यले बताए ।

चोरीको सामान किन्ने तीन जनालाई समेत प्रहरीले पक्रेको छ । आफूले केही समयअघि देखि चोर्न थालेको बुढाथोकीले स्वीकारेका छन् ।

नयाँ पत्रिका
काठमाडौं, ३१ जेठ

No comments:

Post a Comment

^ Scroll to Top