Wednesday, June 1, 2011

यस्तो पनि हुन्छ....................एक वोत्तल वाइनकै डेढ करोड


जीवनमा खुसीको पल होस् या दुःखको, धेरैको पि्रय साथी बन्ने गरेको छ वाइन । रक्सीको मस्ती कति हुन्छ भन्ने त पिउनेलाई जती कस्लाई थाहा होला र ! तर करोडौं मूल्यमा केबल एउटा बोत्तल किन्ने वाइनका पारखी पनि संसारमा छन् भन्दा चाहिं हामीमध्ये कैयौंलाई झड्का नै लाग्ला । लण्डनमा हालै भएको एक सार्वजनिक खरिदमा चीनियाँ नागरिकले १ लाख ३५ हजार पाउण्ड अर्थात १ करोड ५९ लाख रुपैयाँ बराबरको वाइनको बोत्तल खरिद गरेका छन् । १९६१ मा फ्रान्समा उत्पादित उक्त वाइन बेलायतको क्रिस्टिज अक्शन हाउसमा बिक्री भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

यती मोटो रकममा त बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पनि उक्त वाइन किन्न नसक्ने आङ्कलन गरिएको छ । मात्र ६ लिटर रक्सी रहेको बोत्तल किन्ने पैसाले त बेलायतमा भनेजस्तो ठाउामा भब्य महल नै किन्न पुग्छ । वाइन अपेक्षा गरिएकोभन्दा तीन गुना बढी मूल्यमा बिक्री भएको थियो । बेलायतको ५ उत्कृष्ट वाइनमध्येमा उक्त वाइन पर्ने बिक्रीमा संलग्न अधिकारीहरुले बताएका छन् ।

आर्थिक मन्दीको बाबजुद बेलायतमा रक्सी उद्योगको राम्रै ब्यापार छ । चीन, हङकङ, सिंगापुरलगायतका देशहरुमा वाइनको ठूलो माग रहेको छ । अङ्गुर खेतीको लागि उपयोगी हावापानी नरहेको बेलायतमा वाइन मोह न्यून पाइएको छ । गत वर्ष लण्डनमा विशेष किसिमको एक वाइनको बोत्तल ७५ हजार पाउण्डमा बिक्री भएको थियो ।

Onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top