Tuesday, June 28, 2011

दुलही खोज्दै ९९ वर्ष वित्यो


जीवन साथी लेखेको पाइन्छ, देखेको पाइदैन भनेर बुढापाकाहरु भन्छन् । धेरै हदसम्म यो सहिजस्तो पनि देखिन्छ । त्यसैले होला विहे स्वर्गमा तय हुन्छ पनि भनिन्छ । यो त भयो आदर्शका कुरा । तर विहे साच्चै नै स्वर्गमा तय हुन्छ या पृथ्वीमा आएपछि, यो भने सदियौंदेखिको विवाद हो । अनगिन्ती कुरालगायत विहेका लागि एकले अर्कालाई मन पराउनुको अहम भूमिका हुन्छ । हिन्दीमा एउटा कहावत छ- गधाको गधी पसन्द आइ तो परी क्या चिज हे? यस्तै भएको छ दोश्रो विश्व युद्व लडेका पूर्व अमेरिकी सैनिक गिल्बर्ट हैरिकको जीवनमा । उनले ९९ वर्षसम्मको लगातार खोजीपछि अन्ततः आफूलाई मन पर्ने जीवनसाथी भेटेका छन् । गिल्बर्टले जून ६ मा ८६ वषिर्य भर्जिनिया हार्टमैनसँग विवाह गरेका थिए ।

भर्जिनियासँगको पहिलो भेट गत वर्ष एक अस्पतालमा भएको गिल्बर्टले बताएका छन् । उनीहरुबीच दिनहु भेट हुने गर्‍थ्यो । अस्पतालमा रहदा सगै बस्न मन लागे पनि अस्पताल नियमका कारण त्यसो हुन नसकेको उनीहरुले बताए । फलतः भर्जिनियाले गिल्बर्टलाई विवाहको प्रस्ताव गरेकी थिइन्, ताकी हरपल सगै बस्न सकियोस् । गिल्बर्टले पनि उनको प्रस्तावलाई हासीहासी स्विकारेका थिए ।

यो मनको कुरा बुझ्न पनि अति गाहृो छ । गिल्बर्टलाई आफ्नो जवानीभर कुनै युवती मन परेन । अहिले बुढेसकालमा आएर ५ बच्चाकी आमा भर्जिनियाको प्रेम र सुन्दरतामा उनी मख्ख छन् । भर्जिनियाको पूर्व श्रीमानको भने मृत्यु भैसकेको छ ।
Onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top