Wednesday, May 25, 2011

ऐश्वर्या झन सेक्सी बन्दै

मुम्बई । बलिउडकी सबैभन्दा राम्री नायिका मानिने ऐश्वर्या राय अहिले फिल्मी क्षेत्रमा हुने गरेका सुख–दुःख तथा संघर्षमा आधारित फिल्म हिरोइनको विषयलाई लिएर चर्चामा छिन्।

चाँदनी बार, फेसन, पेज थ्रीलगायतका चर्चित तथा नेसनल अवार्ड विजेता मधुर भण्डारकरले निर्देशन गर्ने हिरोइन विगत दुई वर्षदेखि निर्माणको क्रममा छ। आफ्ना फिल्मबाट सधैं चर्चामा आइरहने मधुरले हिरोइनमा करिना कपुरलाई नायिका लिने बताउँदै सो प्रस्ताव लगेका थिए। करिनासँगको कुराकानीमा विश्वस्त हुँदै मधुरले त्यसै किसिमको स्त्रि्कप्ट पनि लेखे। तर अन्तिम समयमा आएर करिनाले हिरोइन फिल्ममा खेल्न नसक्ने जनाएपछि मधुर तनावमा परें। अहिलेसम्मकै सबैभन्दा कामुक र सेक्सी नायिकाको रूपमा मधुरले करिनालाई खेलाउन चाहेका थिए। आफ्नो काममा कम्प्रोमाइज नगर्ने मधुरले हिरोइनमा करिनालाई न्यूड (नांगो) सिन दिनुपर्ने बताएपछि करिनाले सो फिल्म नखेल्ने भएकी हुन्।

आफ्ना प्रायः फिल्ममा प्रियंका चोपडालाई लिने मधुरले हिरोइनमा उनलाई नलिई ऐश्वर्या रायकहाँ प्रस्ताव लगे। लामो समयदेखि हिट फिल्म दिन नसकेकी ऐश्वर्या उपयुक्त मौकाको पर्खाइमा थिइन्। उनले मधुरको प्रस्ताव तत्कालै स्वीकार गरिन्। तर अहिले हिरोइन फिल्मको कथावस्तु ऐश्वर्याकै जीवनसँग मिल्दोजुल्दो रहेको निर्देशक मधुरले बताएपछि ऐश्वर्या चर्चामा छिन्।

अहिलेसम्म आफूले अभिनय गरेको फिल्ममा न्यूड सिन नदिएकी ऐश्वर्याले हिरोइनमा भने केही न्यूड सिन दिनुपर्ने भएको छ। न्यूड सिनकै कारण अहिले ऐश्वर्याको बलिउडमा व्यापक चर्चा सुरु हुन थालेको छ। हिरोइन फिल्ममा बलिउडमा नायिका बन्न एउटी युवतीले के कस्ता शारीरिक शोषण, संघर्ष र मानसिक तनाव झेल्नुपर्ने हुन्छ भन्ने विषयवस्तुलाई उजागर गर्दा न्यूड सिन पनि समावेश गरिएको जनाइएको छ। हालसम्म सुन्दर नायिकाको छवि बनाएकी ऐश्वर्याले हिरोइन फिल्मबाट सेक्सी नायिकाको छवि बनाउने बताइन्छ। हुन त यसअघि उनले धूम–२ मा नायक ऋतिक रोशनसँग टङ किस दिएको घटनाले उनलाई धेरै चर्चा र विवादमा ल्याएको थियो।

No comments:

Post a Comment

^ Scroll to Top