Thursday, May 5, 2011

भुवनकी ‘नयाँ गर्लफ्रेन्ड’का श्रीमानले गुहारे पुलिस


नायक भुवन केसीले आफ्नी नयाँ गर्लफ्रेन्ड भन्दै परिचय गराइएकी शर्मिला डंगोलका यसअघि नै श्रीमान र दुई छोरी रहेको खुलासा भएको छ ।

शर्मिला र भुवनवीचको सम्बन्धबारे मिडियामा चर्चा आएपछि उनका पति रन्तसिंह डंगोलले शर्मिलाबिरुद्ध प्रहरीमा उजुरी गरेका छन् । आफ्नो सम्पूर्ण सम्पत्ति शर्मिलाको नाममा रहेकाले त्यसको सुरक्षा गर्न भन्दै डंगोलले ललितपुर प्रहरीमा उजुरी दिएका हुन् । डंगोलको उजुरीपछि ललितपुर प्रहरी परिसरले शर्मिलालाई मंगलवार पक्राउ गरेको छ । दिनभर प्रहरी नियन्त्रणमा रहेकी शर्मिलालाई राती पतिकै जिम्मा छाडिएको थियो । यस्तै बुधबार पनि प्रहरीले शर्मिलासँग बयान लिएको छ ।

प्रहरीस्रोतका अनुसार रत्तसिंहले आफ्नो सम्पत्ति सुरक्षाको माग गर्दै उजुरी दिएपछि प्रहरीकै रोहवरमा रत्न र शर्मिलावीच वार्ता भएको थियो । शर्मिलाले आफ्नो नाममा रहेको सवै सम्पत्ति एकसाताभित्र पति रत्न,आफु र दुई छोरी गरि चार भाग लगाउने वाचा गरेकी छन् । छलफलमा शर्मिला र रत्नवीच सम्पत्ति बाँडफाँड र सम्बन्धबिच्छेदको लिखित सहमति भएको छ ।

यो सहमतिपछि प्रहरीले शर्मिलाको नाममा रहेको बैंक खाता रोक्का लागि राष्ट्रबैंकसंग प्रकृया थालेको छ । शर्मिलाको साथमा रहेको रत्नको सम्पत्ति हिनामिना हुनसक्ने भएकाले खाता रोक्का गर्न लागिएको बताइएको छ ।

onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top