Thursday, May 26, 2011

अमेरिका जान पाएनन् राजेश


अमेरिका यस्तो देश हो जहाँ पुग्न हरेक व्यक्तिले सपना देखेका हुन्छन् । एक पटक मात्र त्यहाँ पुग्न पाए स्वर्ग नै पुगेको अनुभव गर्छ उनीहरू । यहि सपना बुनेर अमेरिका जाने तयारी गरेका चर्चित गायक राजेश पायल राईलाई अमेरिकन राजदूतावासले भिषा नदिएको खबर प्राप्त भएको छ ।

थुप्रै देश भ्रमण गरिसकेका गायक राई अमेरिकामा हुने भनिएको एक साँगितीक कार्यक्रममा भाग लिन जान लाग्दा भिषा नपाएका हुन् । हजारौं गीत गाईसकेका यि गायकलाई अमेरिकाले किन भिषा दिन मानेन त ? स्रोत भन्छ, 'नेपालका थुप्रै गायकहरू कार्यक्रम गर्ने भनि अमेरिका जान्छन् अनि उतै हराउँछन् । त्यसैले गायकहरू माथिको अबिश्वासले गर्दा राजेशले भिषा नपाएका हुन् ।'

यस अघि थुप्रै कलाकारहरू कार्यक्रम गर्ने भनि अमेरिका पुगेर उतै हराएपछि अहिले अमेरिकन राजदूतावासले कलाकारहरूलाई भिषा दिन हिचकिचाउने गरेको छ । उखानै छ नि 'धान खाने मुसो चोट पाउने भ्यागुतो' । यस्तै भएको छ राजेशलाई । गल्ति अरूले गरे तर त्यसको असर अहिले राजेशलाई परेको छ । भिषाकै लागि भनेर राजेशले थुप्रै कसरत पनि गरे तर सफल हुन सकेनन् । राजेशसँगै उनको साथमा जान लागेका थुप्रै कलाकारहरूले पनि भिषा पाएका छैनन् ।

अमेरिकन राजदूतावासले यस अघि महानायक राजेश हमाललाई पनि भिषा दिएको थिएन । राजेश मात्र हैन नायक निखिल उप्रेतीले पनि लाखौं कोसिस गरेका थिए अमेरिका जान । उनको पनि सपना सपनामा नै सिमित हुन पुगेको थियो । तर नायिका ऋचा घिमिरेले भने एक बर्ष अघि सजिलै भिषा पाएकी थिईन् । जे होस् केहि व्यक्तिले गर्दा आफ्नो कला प्रस्तुत गर्न जान खोज्ने कलाकारहरूले भिषा नपाउनु पक्कै पनि दु:खको कुरा हो ।

फिल्मीखबर

No comments:

Post a Comment

^ Scroll to Top