Thursday, May 26, 2011

कैटरीना फर्किइन् सलमानतिरै


लिउड सेलिब्रिटीहरुको सम्बन्ध कहिले जुट्छ र टुट्छ भन्ने यकिन गर्नै गाह्रो ! मौसम बदलिएझै‌ उनीहरुको सम्बन्ध पनि छिन्‌छिन्‌मै परिवर्तन हुन्छ । विभिन्न विवाद र मनमुटाबका कारण मिडियामा चर्चामा आइरहने जोडीमा सलमान खान र कैटरीना कैफ पनि पर्दछन् । सलमान र कैटरीनाबीच चिसिएको सम्बन्ध फेरि विस्तारै तातिदैं गएको छ । कुनै समय प्रेमी जोडी कहलिएका सलमान र कैटरीनाबीच पछिल्लो समयमा तनाब आएको थियो । अब उनीहरु चाँडै एउटै फिल्ममा देखिने भएका छन् ।

यशराज फिल्मस्को प्रडक्सन र कबीर खानको निर्देशनमा बन्न लागेको ‘एक था टाइगर’ नामक फिल्ममा दर्शकले सलमान र कैटरीनालाई प्रमुख भूमिकामा देख्न पाउनेछन् । ‘म र सलमान यशराजको फिल्ममा सागै काम गर्दैछौ । सलमानको लागि यशराजको फिल्म पहिलो हो,’ कैटरीनाले बताइन् ‘तर मैले त पहिले नै यशराजको फिल्ममा खेलिसकेको छु ।

त्यसवेलादेखि नै मलाई खानसाग फेरि काम गर्ने इच्छा थियो । नयाँ बन्ने फिल्ममा पनि कबीर खानले नै निर्देशन गर्ने भएका छन् । आउने फिल्म लिएर म निकै उत्साहित बनेको छु ।’ फिल्मको शुटिङ जुलाईबाट सुरु हुने बुझिएको छ । यसअघि सलमान र कैटले पहिलो पटक सुभास घईद्वारा निर्मित फिल्म ‘युवराज’ मा सागै अभिनय गरेका थिए ।

फिल्म करियर नै आफ्नो लागि सबैथोक रहेको बताउने कैटरीनाले आगामी दिनमा अरु केहि पृथक गर्ने बताएकी छिन् । आफ्नो सुन्दरता र आत्मविश्वासमा विस्वास गर्ने कैटरीनाले अब कुनै कुराले पनि चिन्तित वा उदासी नबन्ने खुलासा गरिन् । मोटो वा दुब्लो जे भए पनि दर्शकले आलोचना गर्न नछाड्ने भएकाले आइन्दा आफ्नो फिगरबारे चिन्ता नलिने उनले बताइन् । अहिले कैटरीनाले आफ्नो वजन मात्र घटाएकी छैनन्, साथमा सलमानसागको दुरी पनि कम गरेकी छिन् । सलमान र कैटरीना फेरि बलिउडमा जम्ने दर्शकहरुले आशा गरेका छन् ।

Onlinekhabar

No comments:

Post a Comment

^ Scroll to Top