Monday, May 30, 2011

श्रीमतीमाथि बन्चरो प्रहार

                            सुर्खेत अस्पतालमा अचेत अवस्थामा हस्ता

जिल्लाको गुठु-४ भापरमा एक व्यक्तिले सुतिरहेको अवस्थामा श्रीमतीमाथि बन्चरो प्रहार गरेर हत्याको प्रयास गरेका छन् । शनिबार राति सुतिरहेको केशर थापाले श्रीमती हस्ता थापालाई बन्चरोले हानेका हुन् ।

केशरले हस्ताको टाउको, गाला र घाँटीमा बन्चरो हानेका थिए । बन्चरो प्रहारबाट गम्भीर घाइते हस्ताको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । हत्याको प्रयास गर्ने केशरलाई प्रहरीले पक्राउ गरेको छ । 'घरमा जहिल्यै झगडा गर्थे,' हस्ताकी आमा अमृता माझीले भनिन्, 'यसरी मार्ने प्रयास गर्लान् भन्ने त लागेको थिएन ।' माइतीले हस्तालाई दिएको घरमा एक वर्षदेखि यो परिवार बस्दै आएको थियो । 'मेरो घर र छोरीको घर थोरै टाढा छ ।

शनिबार बिहान साढे नौ बजेतिर नातिनी -अमृताकी जेठी छोरी) ले बुबाले कुट्नुभएर आमा बिरामी छन् भनी,' अमृताले सुनाइन्, 'हेर्न जाँदा त वरिपरि रगतको अहाल नै बनेको थियो ।' उनले सो घटना देखेर आफू पनि बेहोस भएको बताइन् ।

अमृताले नजिकै रहेको प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरी घटनास्थलमा आएको थियो । हस्तालाई नजिकैको मेडिकलमा उपचारका लागि गाउँलेले पुर्‍याएका थिए ।

इलाका प्रहरी कार्यालयबाट डिएसपीको नेतृत्वमा गएको टोलीले केशरलाई भाग्दै गर्दा नजिकैको जंगलबाट पक्राउ गरेको थियो । पक्राउ परेका केशरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

नयाँ पत्रिका

No comments:

Post a Comment

^ Scroll to Top