Friday, May 6, 2011

टाइसुटमा सजिएर लुटपाट र ठगी

काठमाडौँ, वैशाख २१ गते । राजधानीमा लुटपाट, चोरी, डकैती र ठगीका अपराधहरू एकपछि अर्कोसँगै रोचक र रहस्मयढङ्गले हुने गरेका छन् । यस्तो ठगीधन्दा पनि सामान्य व्यक्तिले चर्चित होटल तथा रेष्टुराको नाममा गर्ने गरेको पाइएको छ ।

होटल तथा रेष्टुराको कर्मचारी हुँ भन्दै सुरुमा सरसामानको 'अर्डर' लिएर जाने ठगहरूले अडर्र अनुरूप सामान तयार भएपछि भाडाको ट्याक्सी तथा गाडी नै प्रयोग गरी होटल तथा रेष्टुराको आगमनमा ल्याई रोचक ढङ्गले व्यापारी तथा उद्योगी व्यवसायीलाई ठग्ने गरेको बताइएको छ ।

त्यस्तै, ठगीधन्दामा संलग्न दुईजना अभियुक्तलाई बुधबार पक्राउ गर्न सफल महानगरीय प्रहरी प्रभाग दरबारमार्गले अन्नपूर्ण होटलका लागि भन्दै भक्तपुर इनाचोस्थित हरिकृष्ण ताम्राकारबाट १२५ वटा कासा -चरेस) को थाल ठगी तथा चोरी गरी फरार ती अभियुक्तलाई सुन्धाराबाट पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रे धुसिनी घर भई हाल कालिमाटी बस्ने ३४ वषर्ीय राजु चौलागाइर्ं र तनहुँ गेरलुङ घर भई हाल बागबजार बस्ने ४० वषर्ीय भीम अधिकारी रहेका छन् । यी अभियुक्तहरूले सर्वसाधारणलाई रोचक र रहस्यमय ढङ्गले ठगी तथा लुट्ने गरेको पीडितहरूले बताएका हुन् ।

पीडित ताम्राकारका अनुसार केही दिनअघि टाइसुटमा चिटिक्क परेर आएका ती दुईजनाले होटल अन्नपूर्णका लागि भन्दै तत्कालै १२५ वटा कासाको थालको माग गरी पाँच सय रुपियाँ अगि्रम बैना बुझाएका थिए । सोही बैना अनुरूप गत मङ्गलबार थाल लिन भक्तपुर पुगेका अभियुक्तहरूले ताम्राकारलाई होटल अन्नपूर्ण परिसरमै पुर्‍याएर ठगेका हुन् ।

थालको मोलमोलाई गर्ने क्रममा एक लाख ८० हजार रुपियाँको बिल बनेपछि अभियुक्त दुवैजनाले पैसा होटलबाटै चुक्ता हुन्छ भन्दै ताम्राकारलाई ट्याक्सीमा चढाएर होटल अन्नपूर्ण पुर्‍याएका थिए । होटल आँगनमा ट्याक्सी पार्किङ गर्ने क्रममा एकजनाले ताम्राकारलाई एकाउन्ट सेक्सनमा जाउँ भन्दै होटलभित्र छिराएका थिए भने एकजना ट्याक्सीभित्रै बसेका थिए ।

पीडित ताम्राकार घटना विवरण सुनाउँदै भन्नुहुन्छ, तपाइर्ं यहीँ बस्नुहोस् भनेर मलाई 'सोफासेट'मा बस्न लगाएर गएको आधा घण्टा बितिसक्दा पनि त्यो व्यक्ति नआएपछि बाहिर आउादा थाल बोकेको ट्याक्सी पनि छैन । धन्न ट्याक्सी नम्बर थाहा भएकाले तत्कालै प्रहरीलाई खबर गरेपछि ट्याक्सी पक्राउ परेको उहाा बताउनुहुन्छ ।

प्रहरी प्रभाग दरबारमार्गले ट्याक्सी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा थाल सुन्धारामा झारेको सूचना दिएपछि ती थालहरू एउटा होटलमा राख्न लगाएर ग्राहक खोज्न हिाडिरहेको अवस्थामा ती अभियुक्तहरू पक्राउ परेका हुन् । प्रभागका प्रहरी निरीक्षक कृष्ण कोइराला ठगी र लुटपाट नाटकीय शैलीमा हुने गरेको बताउनुहुन्छ ।

ती दुईजनाले यसअघि पनि धेरैजनालाई लुटपाट तथा ठगी गरिसकेको दाबी प्रहरीको छ । सात दिनअघि होटल हायातका लागि भन्दै मच्छिन्द्र बहालस्थित एक व्यापारीबाट समेत यही समूहले ११० वटा थाल ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । प्रहरी निरीक्षक कोइराला ती दुईजना पेसेवर ठग भएको बताउनुहुन्छ ।

यसअघि होटल याक एण्ड यतिका लागि भनेर बल्खु खसी बजारबाट ल्याइएका आठवटा खसी र ग्यासको सिलिन्डर बोकेको गाडी चोरी तथा ठगीमा समेत ती अभियुक्तहरूको संलग्नता रहेको जनाएको छ । सो समूहले यसअघि होटल याक एण्ड यतिको गेटमा खसी पुर्‍याई पैसा लिन जाउा भन्दै खसी साहुलाई होटलभित्र बस्न लगाई फरार भएका थिए ।

गोरखापत्र

No comments:

Post a Comment

^ Scroll to Top