Sunday, May 8, 2011

'पागल प्रेमी’ सभासद्ले गरिन् सडकमा तमासा


करिब २५ हजार जनताको मत प्रतिनिधित्व गर्ने सभासद् शारदा नेपालीले कसैको माया नपाएपछि 'पागल प्रेमी' बन्नुपरेको गुनासो गरेकी छन् । दुःख पोख्न उनले दिउँसै रक्सी पिएर नेपालगन्ज चोकमा तमासा गरेकी छन् ।

माले समाजवादीकी सभासद् शारदा शुक्रबार साँझ श्रीमान् रविलालसहित नेपालगन्जको पुष्पलाल चोकस्थित न्यु नेपाल गेस्ट हाउसमा बसेकी थिइन् । तर, रातभरि श्रीमान्सँग झगडा गरेर शनिबार बिहानै उनी रक्सीले लटि्ठएर सडकमा आएकी थिइन् । 'श्रीमान्बाट असुरक्षित रहेको' भन्दै उनले सडकमै श्रीमान्लाई गालीगलौज पनि गरिन् ।

सभासद् नेपाली रक्सीले मातेर अर्धबेहोस अवस्थामा थिइन् । घरी रिक्सामा बस्ने र झर्ने गरेकी उनी मोबाइलमा नम्बर डायल नै नगरी कुरा गरिरहेकी थिइन् । फोनमा धेरैजसो समय उनले मिडियालाई गाली गरिरहेकी थिइन्, बचेको समय चाहिँ उनी आफ्नै श्रीमान्लाई गाली गरिरहेकी थिइन् ।

'म बर्दियाकी सभासद् हुँ । तर, मलाई श्रीमान्बाटै असुरक्षा छ,' चोकमा जम्मा भएका पत्रकार र सर्वसाधारणसँग उनको गुनासो थियो । उनले नजिकै रहेको प्रहरी व्यायामशालाको गेटमा पुगेर सुरक्षा मागेकी थिइन् ।

व्यायामशालाको प्रहरीले खबर गरेपछि आएको जिल्ला प्रहरी कार्यालयको टोलीले ११ बजेतिर सभासद् नेपालीलाई सुरक्षा दिँदै लगेको थियो । प्रहरीसित पनि सभासद् नेपालीले आफू श्रीमान्बाट असुरक्षित रहेको बताएकी थिइन् । 'श्रीमान्/श्रीमतीबीच विवाद रहेछ,' जिल्ला प्रहरी कार्यालयका एसपी महेशविक्रम शाहले नयाँ पत्रिकासित भने ।

सभासद् नेपाली शुक्रबार बर्दियाबाट नेपालगन्ज आउँदा नै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट सुरक्षाका लागि एक प्रहरी सँगै लिएर आएकी थिइन् । तर, शनिबार बिहान उनका श्रीमान् रविलालले गाली गरेपछि प्रहरी फर्किएका थिए । त्यसपछि उनी सडकमा आएर बरबराउन थालेकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी वासुदेव अधिकारीले सभासद् नेपालीलाई जानुपर्ने ठाउँतर्फ सुरक्षित पठाइदिन निर्देशन दिएपछि प्रहरीले टिकट काटेर सभासद् नेपालीलाई साँझ ६ बजेको काठमाडौं जाने बसमा चढाएको थियो । तर, बसबाट पनि ओर्लिएर उनी श्रीमान्सहित सुजेगाउँस्थित छोरीको घर गएकी छिन् । उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका एक प्रहरी पनि सँगै छन् ।

सभासद् नेपालीले आफू रक्सी खाएर होइन, प्रेम नपाएर तनावमा आएको बताइन् । 'म रक्सीले मातेकी होइन, प्रेम नपाएर पागल बनेकी हुँ, म पागल प्रेमी हुँ,' शनिबार राति उनले नयाँ पत्रिकासित भनिन् ।

उनले आफूले धेरै माया गरेको श्रीमान्बाटै असुरक्षित भएको पनि बताइन् । 'मैले श्रीमान्लाई धेरै माया गरेँ, तर मैले माया पाउन सकिनँ,' उनले भनिन् । श्रीमान्ले आफूसित सात लाख रुपैयाँ मागेर तनाव दिएको पनि उनले बताइन् ।

Naya patrika

2 comments:

  1. तपाईं गुर्दा किन्न चाहनुहुन्छ या तपाईं आफ्नो बेच्न चाहेको
    मृगौला? तपाईं हुनुहुन्छ
    पैसा को लागि आफ्नो मृगौला बेच्न मौका लागि खोजी
    तल वित्तीय ब्रेक कारण र तपाईं के थाहा छैन
    त्यसोभए आज हामीलाई सम्पर्क गर्छन् र हामी तपाईंलाई राम्रो प्रस्ताव पर्छ
    आफ्नो गुर्दा लागि पैसा राशि। मेरो नाम, डाक्टर DAGAMA छ
    हूँ एक
    PREMIER Medicaid अन्तरराष्ट्रीय मा मृगौला विशेषज्ञ। हाम्रो क्लिनिक छ
    गुर्दा सर्जरी मा विशेष र हामी पनि सामना
    खरीद
    र जीवित एक साथ मृगौलाहरूमा को transplantation
    सोही दाता।
    हामी भारतीय, टर्की, नाइजेरिया, संयुक्त राज्य अमेरिका, मलेशिया मा अवस्थित छन्।
    तपाईं मृगौला गरेको बेचन वा खरीद मा रुचि भने नगर्नुहोस्
    इमेल मार्फत हामीलाई सम्पर्क गर्न संकोच।
    इमेल: premiermedicaidinternational@yandex.com

    सर्वश्रेष्ठ सादर
    डा DAGAMA।

    ReplyDelete
  2. तपाईं हो आज एक बिक्री को लागि लागू भने आफ्नो मृगौला वा अन्य अङ्गहरू बेच्न चाहेको र तपाईं इमेल मार्फत मलाई सम्पर्क आवश्यक अधिकतम सन्तुष्टि दिइनेछ के: oriofohospital@outlook.com

    ReplyDelete

^ Scroll to Top