Sunday, April 10, 2011

राष्ट्रपति बन्न श्रीमान्सँग डिभोर्स रे.......


राष्ट्रपति बन्न श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् ग्वाटेमालाकी प्रथम महिलाले ग्वाटेमालाकी प्रथम महिला सान्ड्रा टोरेसले राष्ट्रपति उम्मेदवार बन्न राष्ट्रपति अल्बारो कोलमसँग सम्बन्धविच्छेद गरेकी छन् । सर्वाेच्च अदालतले पनि उनीहरूको सम्बन्धविच्छेदलाई स्वीकार गरिसकेको छ । अदालतको स्वीकारोक्तिपछि सान्ड्रा अब राष्ट्रपति उम्मेदवार बन्ने ढोका खुलेको छ ।

ग्वाटेमालाको संविधानअनुसार राष्ट्रपतिका नजिकका आफन्तले चुनाव लड्न पाउँदैनन् । राष्ट्रपति कोलमकी श्रीमती सान्ड्रा राष्ट्रपति चुनाव लड्न चाहन्छिन् । राष्ट्रपति र प्रथम महिलाको सम्बन्धविच्छेद प्रकरण सम्बन्धमा विवाद उत्पन्न भएको थियो । विपक्षीले राष्ट्रपति तथा उनकी श्रीमतीलाई जालसाजी गरेको आरोप लगाएको छ ।

प्रथम महिला सान्ड्रा टोरेसको उम्मेदवारीले संविधानको उल्लंघन गरेको सेप्टेम्बरमा हुने भनिएको राष्ट्रपति चुनावका अर्का उम्मेदवार तथा देशका पूर्वजनरल ओटो पोरेज मोलिनाले बताएका छन् । यता सान्ड्रा टोरेसको पार्टी प्रवक्ताले भने उनको उम्मेदवारी पूर्ण रूपमा वैध भएको बताए । टोरेसले गत महिना आफूले श्रीमान्सँग सम्बन्धविच्छेद गर्न खोजेको टेलिभिजनमार्फत घोषणा गरेकी थिइन् । ग्वाटेमालाका लागि आफू र श्रीमान्ले गहिरो प्रेमको बलिदानी दिएको पनि उनले बताइन् । सान्ड्रा राष्ट्रपति कोलमकी तेस्री श्रीमती हुन् । उनले कोलोम सरकारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । यसैगरी उनले गरिबी उन्मूलन कार्यक्रम लागू गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । सान्ड्रा राष्ट्रपति निर्वाचित भएमा उनी ग्वाटेमालाकी पहिलो महिला राष्ट्रपति हुनेछिन् ।

सान्ड्रालाई अर्का राष्ट्रपति उम्मेदवार अटो परेज मोलिनाले ठूलो चुनौती दिने विश्वास गरिएको छ । सर्वेक्षणले मोलिनालाई सबैभन्दा लोकपि्रय उम्मेदवार भएको देखाएका छन् ।

No comments:

Post a Comment

^ Scroll to Top