Friday, April 29, 2011

कट्रिनासँग बदला लिंदै सलमान


रणबीरसँग सम्बन्ध तातिंदै गएपछि कट्रिना र सलमानबीचको सम्बन्ध झन बिग्रदै गएको छ । कट्रिनाले खुलेआम रणबीरलाई प्रेम प्रस्ताब गरेपछि सलमानलाई चोट त पर्ने नै भयो । अहिले सलमान कट्रिनालाई नभेट्ने मात्र होइन, बदला लिने सुरमा छन् । भारतीय बलिउड उद्योगमा कट्रिनालाई इन्ट्री गराई स्थापित गर्न कुनै कुसर बाँकी नराखेका सलमान अहिले उनको करियर सखाप पार्न लागिपरेका छन् ।

केहि समय यता कट्रिनाले सलमानसँग गरेको ब्यवहारका कारण उनीहरुबीच पानी बाराबारको स्थिति आएको सलमाननिकट एक स्रोतले जनाएको छ । रिस पनि कति उठेको होला सलमानलाई ? उनी अहिले कट्रिनालाई कुनै फिल्ममा नलिन आफूले चिनेजानेका सबै निर्माता-निर्देशकलाई आग्रह गर्दै हिडेका छन् । यति मात्र कहा हो र, कटरिनालाई फिल्ममा लिने जो कोहिसँग भविष्यमा काम नगर्ने चेतावनी समेत दिएका छन् । आफ्नो निर्माणधिन फिल्म ‘रेडी’ मा कट्रिनालाई लिने कुरा चलिरहँदा सलमानले उनको भूमिकामा जरीन खानलाई लिएका छन् । साथै एक अर्को फिल्ममा कट्रिनालाई हटाई पि्रयङ्का चोपडालाई अनुबन्धित गर्न लागेको बताइएको छ ।

अरुलाई नराम्रो गर्ने बानी सलमानमा नरहेको तर कट्रिनाको ब्यबहारकै कारण उनी दुःखी बनेको सलमानका एक निकट साथीले बताए । ‘बिग बोस’ नामक रियालिटी शोको शुटिङका क्रममा पनि उनीहरुबीच बादबिबाद परेको थियो । समयसँगै उनीहरुको सम्बन्ध सुधि्रनुको सट्टा झन बिग्रदै गएको छ । यद्यपी सलमानलाई अझै नजिकको साथी मानेको बताउँछिन कट्रिना ।

No comments:

Post a Comment

^ Scroll to Top