Friday, April 1, 2011

२ वटा टाउको भएको बच्चा जन्मियो रे !!!!!!

अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाले शुक्रafर २ वटा टाउको भएको बच्चा जन्माएकी छिन्। सल्यानको बाँमे गाविस-५ की १८ वर्षीय गीता बुढाले २ वटा टाउको भएको छोरा जन्माएकी हुन। बच्चाको मुख, आँखा, नाक, भने एउटै छ। अनुहारदेखि माथिल्लो भागबाट अर्को टाउको जोडिएको हो।

प्रसूति व्यथाले च्यापेपछि गीतालाई पश्चिम रुकुमस्थित चौरहजारी मिसन अस्पतालमा बिहीबार भर्ना गरिएको थियो। पहिलो सन्तान भएकाले बच्चा जन्माउन गाह्रो भएको थियो। अस्पतालका चिकित्सकको लामो प्रयत्‍न र प्रयासपछि उनी बच्चा जन्माउन सफल भएकी हुन्। बच्चा र आमाको स्वास्थ्य समान्य भएको चौरजहारी अस्पतालले जनाएको छ।

बच्चाको २ वटा टाउको हुनुमा फुलिक एसिडको कमी भएको उपचारमा संलग्न डा. यमुना राईले बताइन्। अप्रेसन गरेर मात्र बच्चाको टाउको छुट्ट्याउन सकिने डा. राईले बताइन्। बच्चाको अप्रेसन वैशाख २ गते गरिनेछ। जटिल अवस्थाको केस भएकाले भएकाले अप्रेसनपछिको अवस्था यसै भन्न नसकिने अस्पतालले जनाएको छ। २ वटा टाउको भएको बच्चा यहाँ जन्मिएको यो पहिलो घटना हो।

धेरै पीडाका बीच पहिलो वेतमै छोरा पाएको खुसियाली भए पनि २ टाउको भएको बच्चा जन्मेकाले परिवारलाई भने पीडा भएको छ। अपाङ्ग जस्तै बच्चा जन्मेकाले वुढा परिवारलाई हर्ष न विस्मात भएको छ।

बच्चा हेर्न अस्पतालमा भिड
गीता बुढाले २ वटा टाउको भएको बच्चा जन्माएपछि हेर्न अस्पतालमा स्थानीयको भिड लागेको छ। २ वटा टाउको भएको बच्चा जन्मेको खवर बजारमा फैलिएपछि हेर्नेहरुको भीड अस्पतालमा लागेको हो। यस्तो बच्चा जन्मेको घटना नौलौ भएकाले बच्चा हेर्नेको भीड लागेको हो। देवताको रुप भन्दै स्थानीयले दर्शनसमेत गरेका छन्। देवी देवताले मानिसको रुप धारण गरेको भन्दै उनीहरुले दर्शन गरेका हुन।

No comments:

Post a Comment

^ Scroll to Top