Sunday, April 24, 2011

रौँ उम्रने ढुङ्गा


मानिस, जनावरलगायत अन्य पक्षीहरुको शरिरमा रौँ आएको त देखेको सुनैकै हो । शरिरको सुरक्षा कवजको रुपमा काम गर्ने रौँ प्रकृतिले प्राणीहरुलाई दिएको एक बरदान नै हो । तर के ढुङ्गाजस्तो निर्जिव वस्तुमा पनि रौँ पलाउन सक्ला ? धेरैलाई विस्वास पनि नलाग्ला कि रौँ उम्रने ढुङ्गा पनि हुन्छ । चीनको एक तटिय क्षेत्रमा हालै रौँसहितको ढुङगा भेटिएको छ ।

बाहिरबाट झट्ट हेर्दा गिट्टी आकारको देखिने यस किसिमको रकलाई बैज्ञानिकहरुले ‘कपाल उम्रने ढुङगा’ नाम दिएका छन् । चिल्लो र गोलाकार रहेको यस ढुङगा र रौँको रङ्ग उस्तै खैरो रहेको छ । मानिसको भन्दा अलि खस्रो रहेको ढुङ्गाको रौँ १५ सेन्टिमिटर (६ इन्च) रहेको र अहिलेकै अवस्थामा कायम भएमा अझै बढ्दै जाने बिज्ञहरुले बताएका छन् । यद्यपी, संसारमा रौँ भएको यो ढुङ्गा पहिलो भने होइन । यसअघिनै रौँ युक्त यस्तै खाले दुई ढुङगा ताइवानको संग्राहलयमा राखिएको छ ।

अदभूत प्रकृतिको उक्त ढुङ्गालाई हाल बेजिङको जोङगुवान गाउस्थित फेसन रक भवनमा प्रदर्शनीको लागि राखिएको छ । ढुङ्गा ३० से.मी. लामो, २० से.मी. चौडा र १५ से.मी. अग्लो रहेको छ । निर्जिव वस्तुमा पनि रौँ आउनु प्रकृतिले बिज्ञानलाई दिएको ठाडो चुनौति हो । यस रहस्यले बैज्ञानिकहरुलाई फेरि गहन अध्ययन गर्न बाध्य बनाएको छ ।

No comments:

Post a Comment

^ Scroll to Top