Sunday, April 10, 2011

आज को समाचार पत्र का अनुशार भात खाँदा ढुंगामा परिणत भयो रे ..

श्रीस्वस्थानी व्रतकथामा लावण्य देशका राजा नवराजकी पत्नी चन्द्रावतीले खानेकुरा खान खोज्दा ढुंगा र माटो भएको वर्ण्र्ााअपत्यारिलो लागे पनि त्यस्तै प्रकृतिको घटना धादिङको एक गाउँमा देखिएको छ। धादिङको खरी गाविस-८ भदुवारकी बिना रानाले भात खान शुरू गरेपछि त्यो ढुंगा र माटो बनेको दृश्य देख्नेहरू आर्श्चर्यचकित हुने गरेका छन्।


मुखमा भातको गाँस हालेर चपाउन लाग्दा नै ढुंगा र माटो बन्ने भएकाले रानाले १५ दिनदेखि भात खान पाएकी छैनन्।
विज्ञानलाई समेत चुनौतीका रूपमा रहेको खबर सुनेर पत्यार नलागी रानाको घरमा पुगेका सञ्चारकर्मी र थुप्रै व्यक्ति उनले मुखमा भात हालेपछि चपाउन थाल्दाथाल्दै ढुंगा भएको र माटोका रूपमा निकालेपछि अचम्ममा परेका थिए।

भात मात्र होइन, मकै, कोदोको ढिँडो खाँदा समेत ढुंगामा परिणत हुने समस्या आएपछि बिना १५ दिनदेखि फलफूल मात्र खाएर बस्न बाध्य भएकी छन्। फलफूल र दूध खाँदा मात्र ढुंगा-माटो नबनेकाले आफू फलफूल खाएर बस्न बाध्य भएको उनले बताइन्।

बिनाको मुखमा केही भए/नभएको हेरेर र पानीले मुख पखालेर भात खान दिँदासमेत ढुंगा र माटोमा परिणत भएको थियो। खाएको भात ढुंगा हुँदा केही रातो वा खैरो देखिएको र भातमा देखिएको माटोजस्तो रङ खैरो किसिमको रहेको छ।

No comments:

Post a Comment

^ Scroll to Top