Monday, September 19, 2011

विष खुवाएर मारिएको थियो माइकल ज्याक्सनलाई ?


महान पप गायका माइल ज्याक्सनलाई षड्यन्त्रपूर्वक विष खुवाएर मारिएको उनका दाइले दाबी गरेका छन् । माइकलका दाइ तथा गायक जर्मेन ज्याक्सनले आफ्नो पुस्तक “यु आर नट अलोन : माइकल थ्रु ए ब्रदर्श आइज”मा यस्तो दाबी गरेका हुन् ।

यो पुस्तकमा जर्मेनले माइकलको विमारीको विषयमा खुलस्त पारेका छन् ।

जर्मेन भन्छन् , “मेरा भाइको आधा सरिर तातो हुन्थ्यो र आधा सरीर चिसो हुन्थ्यो । मेरो भाइलाई विष खुबाइएकै कारण यस्तो लक्षण देखिएको हो । र उसको यहीँ बिमारीका कारण ज्यान गयो ।”

सन् १९८४ मा एक विज्ञापनका क्रममा कपाल डढेपछि माइकलले दुखाइ कम गर्ने औषधि लिएका थिए । त्यसपछि उनले लगातार पेन किलर लिन थालेको र डाक्टरले पनि जथाभावी गलत औषधि दिएर माइकलको सरिर विषाक्त पारिदिएका जर्मेनको दाबी छ ।

आफ्नो अन्तराष्ट्रिय सांगितिक कार्यक्रमको तयारीमा रहेका बेला सन् २००९ को जुनमा माइकल ज्याक्सनको निधन भएको थियो । अत्यधिक औषधि सेवनका कारण उनको ज्यान गएको बताइएपनि मृत्युको खास कारण अझै खुलेको छैन ।

ज्याक्सनका नीजि डाक्टर कोनर्याड मर्रेलाई हानिकारक प्रोपोफोल औषधि दिएको आरोप लगाइएको छ । तर डाक्टरले भने आफु दोषी नभएको दाबी गरेका छन् ।

Onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top