Monday, September 19, 2011

यस्तो छ, भूकम्पपछिको काठमाडौं (फोटो फिचर)

 वि.स.१९९० सालपछिको सवैभन्दा ठूलो भूकम्पको धक्का महसुस गरियो आइतवार साँझ । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ र भारतको सिक्कीमको सिमाक्षेत्रमा केन्द्र रहेको भूकम्पको ठूलै धक्का महसुस गरियो काठमाण्डौंमा पनि । भक्तपुरमा केही घर भत्किए भने लैनचौरमा वेलातयी दूतावासको पर्खाल भत्किंदा ३ जनाको ज्यान गयो । भूकम्पको धक्का करिव एक मिनेटसम्म महसुस हुँदा अधिकांश काठमाण्डौंवासी आतंकित भए । वजेट पास गर्न वैठक वसिरहेका सभासदवीच पनि भागाभाग चल्यो । यहाँ हामीले आइतवार साँझका केही भूकम्पसाग जोडिएका तस्वीरहरु पेश गरेका छौं ।

वेलातयी दूतावासको भत्कीएको पर्खालमा पुरिएकाहरुलाई खोजिँदै ।

फोटो खिच्दै सर्वसाधारण ।
 दूतावासको पर्खाल भत्किदा मृत्यु भएकाहरुको सव मनमोहन अस्पतालमा ।


भक्तपुरमा आफ्नो भत्किएको घर हेर्दै सर्वसाधारण ।

भक्तपुरमै भुकम्पबाट भत्किएको अर्को घर ।


भुकम्पको धक्का महसुस भइरहँदा संबिधानसभा बैठक छाडेर बाहिर निस्केका प्रधानमन्त्री डा‌. भट्टराई लगायत सभासद्हरु ।


Onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top