Thursday, September 22, 2011

केटी भन्दा भुतुक्कै हुने भुवनको अर्को लफडा


युवतीका कारण वारम्वार चर्चामा आईरहने नायक भुवन के.सी फेरि पनि एक युवतीकै काण्डका कारण लफडामा फसेका छन् । कुरा हो, मंगलवार राति १० वजेतिरको । काठमाडौंको दरवारमार्गमा रहेको सिमोल लन्च एन्ड वारमा पुगेका भुवन र उनका दुई साथीले सम्भवत राम्रै पाठ सिके होलान् ।

रातमा रमाईलो गर्न पुगेका यी तीनले मादक पदार्थ सेवन गर्दै गएपछि अर्को टेवलमा वसेका तीन जना युवती जिस्काएछन् । जिस्काएपछि, युवती पनि के कम, भुवन र उनका अन्य दुई साथीमाथि जाईलागेछन् । युवतीहरु राम्रैसँग जाईलागेपछि भुवन र उनका एक साथी भने केही चड्कन खाएर त्यहावाट फरार भए ।

तर अर्का एक साथीले भने राम्रै कुटाई खाएको समाचार छ । चलचित्र क्षेत्रकै एक नायकको गाडी चढेर पुगेका नायक भुवन र उनका दुई साथीलाई ती युवतीले कुटेका हुन् । कुटाई खाएर भुवन के.सी ट्याक्सी चढेर त्यहावाट भागीहाले ।

अर्का एक साथीले भने वढि नै मादक पदार्थ सेवन गरेकाले भाग्न नसक्दा युवतीहरुको अलि वढि नै चड्कन खाएको खवर छ । नायक भुवन के.सी वारम्वार युवतीकै कारणले विवादमा पर्ने गरेका छन् ।

पछिल्लो समय भने युवती काण्डले भुवनलाई चर्चामा भन्दा पनि वढ वदनाम वनाईरहेको छ । केही महिनाअघि मात्र काठमाडौंको कोटेश्वरमा युवतीकै कारण उनले नराम्रोसँग कुटाई खाएका थिए । अर्काकी श्रीमतीसँगको सम्वन्धका कारण भुवन कुटीएका थिए ।

भुवनले रत्नसिं डंगोलकी श्रीमती शर्मिला डंगोललाई आफ्नो गर्लफ्रेन्ड भन्दै सार्वजनिक कार्यक्रममा देखिएपछि रत्नले उनलाई कोटेश्वर चोकमा कुटेका थिए । त्यो घटना सेलाउन नपाउदै भुवनले फेरी पनि युवतीकै हातवाट कुटाई खाएको खवर आएको हो ।

आफ्नी दोश्रो श्रीमती सुस्मिता के.सीले छोडेपछि एक्लीएका भुवन अहिले धेरै नै टेन्सनमा रहेको देखिन्छन् । उनले वनाएको चलचित्र साथी म तिम्रो प्रदर्शनमा आउने तयारीमा छ । तर युवती काण्डले वारम्वार चलचित्र चलाउने वाहना वनेपनि शर्मिलासगको सम्वन्धले भुवनलाई धेरै नै घाटा पुर्याएको छ ।

फेरि दरवारमार्गमा रहेको एक क्याफेमा युवतीको हातवाट कुटाई खाएर भाग्नु परेको घटनाले यी सुपरस्टारको करिअरमा धेरै नै घाटा लाग्ने देखिन्छ । हेरौं भुवनले यो घटनालाई कसरी सुल्झाउने जुक्ति अपनाउने हुन् ।

Onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top