Sunday, September 18, 2011

निहिताले बिग बोसमा भाग लिने


हत्याको अभियोगमा जन्मकैद सजाय पाएका बिकिनी किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज साग बिहे गरेर चर्चा कमाएकी निहिता विश्वासले फेरी अर्को चर्चा कमाउने मेलो गरेकी छिन् ।

भारतको चर्चित टेलिभिजन सो बिग बोसको पाँचौ सस्करणमा भाग लिने निर्णय गरेर निहिताले सबैलाई आश्चर्य चकित पारेकी हुन् ।

अक्टोबरदेखि सुरु हुने बिग बोस ५ मा भाग लिन २२ वर्षे निहिता यहीँ सेप्टेम्बरको अन्त्यमा भारत जाने टाइम्स अफ इण्डियाले जनाएको छ ।

चर्चित व्यक्तिहरुलाई एकैठाउामा ल्याएर त कहिले विभिन्न विवादास्पद कुराहरुको कारण चर्चा कमाएको बिग बोसले निहिताको प्रवेश सागै यो पाला पनि थप चर्चा कमाउने पक्का छ । विश्वकै भयानक हत्याराको रुपमा रहेका चाल्र्स शोभराजकी श्रीमती निहिता बिग बोसमा अवश्य पनि आकर्षणको केन्द्र बन्नेछिन् ।

यसअघि चर्चित गुण्डा अबु सलीमकी गर्लपफ्रेन्ड मोनिका बेदीले पनि बिग बोसमा भाग लिएकी थिइन् ।

बिगतमा पनि विवादित सहभागिका कारण विवादमा पर्ने गरेको बिग बोस निहिताका कारण यो पटक पनि विवादास्पद बन्ने भएको छ । तर कलर्स टेलिभिजनको कार्यक्रम प्रमुख अस्विनी यार्दीले भने अहिले प्रतिस्पर्धीहरुको नामलाई अन्तिम रुप दिन लागिएकाले तत्काल अनुमानको भरमा आलोचना नगर्न आग्रह गरकी छिन् ।

Onlinekhabar.com

No comments:

Post a Comment

^ Scroll to Top