
लण्डनका च्यारिटी वर्कर जोनी (५७) ले २४ वषिर्य तरुनी प्याटि्रस च्याम्बर्सलाई माया गरेर जीवनमा ठूलो गल्ती गरे । ३३ वर्षको अन्तर र ७ हजार २ सय ८५ किलोमिटरको दूरीले पनि उनीहरुलाई प्रेम गर्न बाधा गरेन । सुरुका दिनहरु निकै रमाइलो बित्यो जोनी र प्याटि्रसको । अन्ततः उनीहरुले बिहे पनि गरे । बुढेसकालमा कलकलाउदी युवतीको मायामा चुर्लुम्म डुबेका जोनीले बिबाह लगत्तै स्कटल्याण्डको पर्थमा नयाँ बंगला पनि किने । तर जोनीलाई थाहै थिएन कि उनको भाग्यमा पेटि्रसको नाम लेखिएको थिएन भनेर ।
जोनीलाई झडका तब लाग्यो जब उनी प्याटि्रससँग हनिमुन मनाउन नयाँ घर पुगे । घरभित्र छिर्ने बित्तिकै दुलहीले जोनीलाई बाहिर पठाइ दिइन् । आफ्नो सबै सामान झोलामा प्याक गरी सकेपछि प्याटि्रसले ट्याक्सी बोलाई घर सधैको लागि छोडेर हिडिन् । सायद उनी ब्वाइफ्रेण्डलाई भेटन गएको हुनु पर्ने जोनीको अनुमान छ । के गर्ने ? प्रेम गर्नेले पीडा पनि सहनै पर्यो नि !
onlinekhabar.com
No comments:
Post a Comment