Wednesday, November 3, 2010

ठमेलमा गोली चल्यो

काठमाडौँ, कात्तिक १७- मध्य ठमेलको त्रिदेवी मार्गमा गोली चलेको छ। गोली लागेर बौद्धका निमा लामा गम्भीर घाइते भएका छन्। उनको छातिनजिकै गोली लागेको प्रहरीले बताएको छ। गम्भीर अवस्थामा रहेका लामाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
 बैँकबाट तीन लाख रुपैयाँ निकालेर पैदलै हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिले रकम रहेको ब्याग लुटी उनलाई गोली हानेको प्रहरीले बताएको छ।

No comments:

Post a Comment

^ Scroll to Top