प्रेमिकाः के तिमी मलाई साँच्चिकै माया गर्छौ ?
प्रेमीः हो भनेको, मैले हिजै आफ्ना प्रेमिकाहरूको लिस्ट हेरेर कन्र्फम गरेको ।
राम र श्यामसँग कुरा गर्दै थिएँः श्यामः मेरी प्रेमिका मलाई यति धेरै माया गर्छे तर आजसम्म ऊ मँसग बोलेकी छैन ।
श्यामः (अचम्म पर्दै) हँ, किन नबोलेको ? रामः मेरी प्रेमिका बहिरा छ क्या ! प्रेमीः बिहान खोइ कसको अनुहार देखिएछ, आज दिनभर एक सिता अन्न पनि पेटमा परेको छैन । प्रेमिकाः मैले भनेको मान्दैनौ, त्यो तिम्रो बेडरुममा भएको ऐना हटाइदेऊ, नत्र सधैं त्यस्तै होला । ००० प्रेमिकाले प्रभावको छातीमा हात राख्दै भनीः तिम्रो दिल त पत्थरजस्तै कडा रहेछ ।प्रेमीः (हाँस्दै)ः होइन डार्लिङ, तिम्रो हात मेरो गोजीमा भएको लाइटरमा छ ।००० प्रेमीः हैन, तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुबाले गाली गर्न हुन्न ?प्रेमिकाः बुवाले त गर्नुहुन्न तर आमाले चाहिँ गाली गर्नुहुन्छ ।प्रेमीः बुवाले चाहिँ केही नभन्ने अनि आमाले चाहिँ किन गाली गर्ने नि ?प्रेमिकाः आमा आफ्नो लुगा अरूले लगाको मनै पराउनुहुन्न ।००० प्रेमीः मलाई पैसाको सख्त आवश्यकता छ ।प्रेमिकाः किन ?प्रेमीः मेरो बाबा बिरामी हुनुहुन्छ ।प्रेमिकाः रुपैयाँको त मलाई पनि आवश्यकता छ ।प्रेमीः किन, के भयो र ?प्रेमिकाः के हुनु नि, तिमीलाई नै दिनलाई हो ।००० प्रेमीः प्रिय, म त्यस्ती युवतीसँग विवाह गर्न चाहन्छु जो सुन्दर, बुद्धिमान् तथा सीधा व्यवहार गर्ने खालकी होस् ।प्रेमिकाः त्यो त ठीकै छ, तर हाम्रो कानुनले तीन जनासँग विवाह गर्न छुट दिएको छैन ।००० एक प्रेमिकाले आफ्नी साथीसँग भनिन्ः थाहा छ, मेरो प्रेमीले मलाई यो सहरको सबैभन्दा सुन्दर महिला भन्छ ।सहज स्वरमा साथीले भनिन्ः हो, मलाई थाहा छ र यो पनि थाहा छ कि उसको आँखा धेरै कमजोर छ । ००० प्रेमिकाः कति नराम्रो कुरा तिमी मेरो पिटाइपछि पनि हाँसिरहेका छौ ।प्रेमीः तिमीले नै भनेकी थियौ, खतराको सामना हाँसी-हाँसी गर्नुपर्छ ।००० प्रेमिकाः म तिमी विना बाँच्न सक्दिनँ । तिमी मसँग कहिले विवाह गर्छौ ?प्रेमीः प्रिय, म तिमीसँग अवश्य विवाह गर्छु तर पहिले मैले आफ्नो परिवारसँग सोध्नुपर्छ ।प्रेमिकाः के तिम्रा बुबा-आमाले मान्नुहुन्छ त ?प्रेमीः किन नमान्नु ? मेरा बुवा-आमाले मेरो निजी जीवनमा चासो राख्नुहुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त ! ०००प्रेमिकाः तिमी विवाहपछि चुरोट पिउन छोड्छौ ?प्रेमीः किन नछोड्नु ? अवश्य छोड्छु ।प्रेमिकाः रक्सी र तास नि !प्रेमीः त्यो पनि छोड्छु ।प्रेमिकाः विवाहअघि चाहिँ के-के छोड्ने विचार गरेका छौ नि ?प्रेमीः तिमीलाई ! ०००प्रेमी-प्रेमिका कोठामा बसिरहेका बेला प्रेमीले अकस्मात बत्ती निभाए ।प्रेमिकाः तिमीले के गरेको यो ? बत्ती बाल, मलाई डर लाग्छ ।प्रेमीः नडराऊ प्रिय, म छँदै छु नि ।प्रेमिकाः तिमी भएर त डराएको नि ।०००एउटा बगैंचामा प्रेमी-प्रेमिका कुरा गर्दै थिए ।प्रेमिकाः रोहन, के तिमी मलाई विवाहपछि पनि यत्तिकै माया गर्छौ ?प्रेमीः गर्छु नि, मलाई विवाह गरेका महिला पहिलेदेखि नै मन पर्छन् ।०००एउटा लामखुट्टे र कमिला एक-अर्कालाई खुब प्रेम गर्थे । यो कुरा कमिलाको बाबुले चाल पाएछ । त्यसैले उसले कमिलाको विवाह हात्तीसँग गरिदिएछ । एक वर्षपछि हात्ती र कमिला बजार गएका थिए । बजारमा कमिलाको भेट पूर्वप्रेमी लामखुट्टेसँग भएछ । हात्ती एकातिर गएको मौका पारी लामखुट्टेले कमिलासँग आफूसित भाग्ने प्रस्ताव राख्यो । कमिलाले निराश हुदै भन्यो- नाइँ, अब म तिमीसँग जान्नँ । मेरो पेटमा हात्तीको बच्चा छ । ०००एउटा मानिसले आफ्नो प्रेमिकालाई ओठमै किस गरिदिएछ ।प्रेमिकाः तिमीले मलाई विवाहअघि नै किस गरेको......?प्रेमीः म त विवाहित नै हो नि प्रिये ।०००प्रेमीः तिमीलाई कसरी फोन गरूँ त म ?प्रेमिकाः किन नि ?प्रेमीः तिम्रो बुबाले फोन उठाए भने !प्रेमिकाः डराउनु पर्दैन । मेरो बुबाले फोन उठाउनुभयो भने योगेश बोलेको भन, उहाँले बोलाइदिनुहुन्छ ।प्रेमीः योगेश ! ऊ को नि ?प्रेमिकाः ऊ मेरो हुनेवाला श्रीमान् हो । त्यसैले बुबाले सजिलै फोन दिनुहुन्छ ।०००प्रेमीः मैले निश्चय गरें कि म पच्चीस पुगेपछि विवाह गर्छु । प्रेमिकाः मैले पनि निश्चय गरें कि जबसम्म मेरो विवाह हुँदैन, तबसम्म म पनि पच्चीस वर्षकै रहन्छु । ००० विदेशमा भएको लाहुरे आफ्नी प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनी चिठी लेखेकोमा दुःखी र निराश थियो, तर केटा पनि के कम ? उसले भए भरको सबै फोटो जम्मा गर्यो र लेख्योः मायालु प्रिय, मैले तिमी कुनचाहिँ हो भनेर चिन्न सकिनँ.... त्यसैले कृपया तिम्रो फोटो राख र अरू चाहिँ फिर्ता गरिदेऊ । ००० सयुज र सन्दीप वसन्तपुर घुम्दै थिए । त्यही बेला सन्दीप एकोहोरिएर कतै हेरिरहेको थियो । सयुजः दाइ, के हेरेको त्यसरी ? सन्दीपः -दरबारको दलिनमा प्रेममा मग्न परेवाको जोडी देखाउँदै) हे भगवान्, तिनीहरूले जस्तो गरी माया गर्न पाए कस्तो हुन्थ्यो होला ?सयुजः (झर्किंदै) तपाईंका घरमा नि परेवा छन् , गएर गर्नु नि त माया....! ००० कक्षामा एक दिन शिक्षकले विद्यार्थीहरूलाई आफ्ना प्रेमी-प्रेमिकाको नाम लेख्न लगाएछन् । एक छात्रबाहेक सबैले दुई सेकेन्डमै नाम लेखेर बुझाए तर एउटा विद्यार्थीले दस मिनेटपछि उठेर भन्योः सर ! थप कपी । ००० प्रेमी-प्रेमिका होटलमा बसेर खाना खाइरहेका थिए । प्रेमिकाः आज एउटा सायरी सुनाऊ न, कान पवित्र हुने थियो कि ? प्रेमीः तिमीलाई भेट्न आएथें म त, तिम्रो बाबुको कत्रो सान, ढोकाभित्र पस्नै नपाइ लेखेको रहेछ— कुकुरदेखि सावधान । ००० प्रेमीः आजकाल म साहित्यसेवा गरिरहेको छु । प्रेमिकाः -खुसी हुँदै) किताबै लेख्न थाल्यौ कि क्या हो ? प्रेमीः होइन, सहित्य प्रकाशन केन्द्रमा पुस्तकमा गम टाँस्ने काम गर्छु । ००० प्रेमीः सरिता प्रेमिकाः हजुरप्रेमीः आज म एउटा कुरा सोधौँ ?प्रेमिकाः सोध न ।प्रेमीः के साँच्चै तिम्रो जीवनमा आएको म नै पहिलो पुरुष हुँ ? प्रेमिकाः हो नि । म पनि एउटा कुरो सोधौँ ? प्रेमीः सोध न । प्रेमिकाः किन सबै जना मसँग यही प्रश्न सोध्छन् डार्लिङ ? ०००एक प्रेमी आफ्नी प्रेमिकाको पिताकहाँ गयो र भन्यो— म तपाईंकी छोरीको हात माग्न आएको । प्रेमिकाको बुबा— सिर्फ हात पाइँदैन । माग्नु छ भने पूरै छोरी माग । ०००प्रेमीः तिम्रा आँखा साह्रै नशालु छन् ?प्रेमिकाः किन नहुनु त ? मेरो ड्याडी नामुद जँड्याहा हुनुहुन्छ । ००० एउटी सुन्दर महिला मनोचिकित्सक कहाँ पुगेर । महिलाः डाक्टरसा'प, मेरो एक जना केटासँग प्रेम भयो । उसलाई म ज्यादै मन पराउँछु । उसले पनि मलाई मन पराउँछ । हामी विवाह गर्न चाहन्छौं । हाम्रो यो कुरामा मेरो डेडी-ममी पनि खुसी हुनुहुन्छ । डाक्टरः सबै ठीकै रहेछ, बिहे गरे भैगयो नि ? मैले सल्लाह नै दिनुपर्ने कुरा नै के छ र ? सुन्दर महिलाः तर म आफ्नो लोग्नेलाई यो कुरा कसरी भनौं ? ००० प्रेमीः भन मात्र प्रिय, तिम्रो लागि आकाशको जून-तारा झारिदिन्छु । प्रेमिकाः आकाशको जून-तारा होइन, मात्र तिम्रो सबै दाँत झारेर मलाई दिए पुग्छ । प्रेमीः -आश्चर्य मान्दै) मेरा सबै दाँत झारेर तिमीलाई दिएँ भने म त बूढोजस्तो देखिइन्छु नि । प्रेमिकाः त्यसो भए अरू युवतीले तिमीप्रति आँखा लगाउन पाउँदैनन् नि ! ००० पति-पत्नी प्रेमपूर्ण गफ गरिरहेका थिए । पतिः भगवान्ले कानमा नपरोस्, तर पनि यदि मेरो देहान्त भए तिमी कोसँग बस्छौ ? पत्नीः -रातो र रसिलो अनुहार पार्दै) आफ्नै बहिनीसँग बस्नुपर्ला ? अनि मलाई केही भैहालेमा तपाईं कोसँग बस्नुहुन्छ नि ?पतिः -गम्भीर हुँदै) मेरो पनि आफ्नो भन्नु अरू को नै छ र ! तिम्रै बहिनीसँग बस्नुपर्ला नि ! ००० प्रेमीः कति महँगी बढेको । बीस रुपैयाँको त केही पनि आउँदैन डार्लिङ । प्रेमिकाः किन आउँदैन, दुईवटा दसको नोट त आउँछ नि । ००० प्रेमीः प्रिय, म तिम्रो आँखामा सधैंका लागि डुब्न चाहन्छु । प्रेमिकाः मेरो आँखालाई तिमीले स्वीमिङ पुल भन्ठानेको ? ००० प्रेमीः आज म हाम्रो विवाहको कुरा गर्न तिम्रो घरमा आउँछु है ? प्रेमिकाः तिमीले ठीक समयमा फोन गर्यौ । आज बुबाले जुत्ता फुकालेर पलङ मुनि राख्नुभएको छ । छिट्टै आऊ है ! ००० किन भाइ, आज एकदमै उदास भएर बसेको छस् नि ? मेरी प्रेमिकाले मसँग शीघ्र विवाह गर्ने प्रस्ताव राखी । यसमा चिन्ता गर्ने के कुरा छ ? चिन्ताको त कुरा छ । अब मैले प्रेम कोसँग गर्ने ? ००० प्रेमिकाः तिमी त भन्थ्यौ, ब्युटी क्लिनिकमा तिम्रो जागिर भयो भनेर । तिमी यहाँ बाहिर उभिएर के गरिरहका छौ ? प्रेमीः यहाँ बाहिर उभिनु, भित्र पस्ने नारीको रक्षा गर्नु र जब श्रृंगार गराएर बाहिर निस्कन्छन् तब सिटी बजाउनु यही त हो मेरो जागिर ।००० प्रेमीः अब म तिमीलाई कसरी भनौं कि दुनियाँमा त्यस्तो केही छैन, जुन म तिमीलाई पाउनका लागि गर्न नसकौं । तिम्रा लागि म पर्वत नाघ्न सक्छु, समुद्र तर्न सक्छु । प्रेमिकाः म पनि तिमीलाई धेरै चाहन्छु प्रिय ! अब कहिले भेट्ने ? प्रेमीः यदि पानी परेन भने शनिबार यही समयमा यहीँ । ००० पत्नी पतिसँग कार चलाउन सिक्दै थिई, उसले पतिलाई भनीः यो सामुन्नेको सिसा ठीकसँग लगाइएको छैन । किन, के गडबडी छ ? -पतिले सोध्यो । यसमा म पछाडिबाट आएको कार देख्छु, तर आफ्नो अनुहार त बिल्कुलै देख्दिनँ । ००० एक पुलिसको घरमा चोर आएछ । पुलिसकी स्वास्नीले पुलिसलाई उठाउन खोजी । पुलिस रिसाउँदै भनेछः सुत्न देऊ, म अहिले ड्युटीमा छैन ।००० एउटा मान्छे गाडी कुदाइरहेको थियो । उसकी श्रीमतीले फोन गरेर आत्तिँदै भनीः विचार गरेर गाडी कुदाऊ । मैले भर्खरै रेडियोमा सुनेको एउटा बहुला मान्छेले गलत रूटमा गाडी कुदाइरहेको छ । श्रीमान्ः मलाई थाहा छ, तर यहाँ एउटा मात्र होइन, सैयौं मानिसले गलत रुटमा कुदाइरहेका छन् । ००० पत्नीः सुन्नु त, छोरा किन रोएको ? पतिः ऊ भन्दै छ— गधामाथि चढ्छ रे । पत्नीः किन रुवाइरहेको त, आफ्नो जीउमा चढाउनु न । ००० डाक्टरः बिरामीलाई सल्लाह दिंदै, तपाईं आफ्नो ब्लड प्रेसर सामान्य बनाउन चाहनुहुन्छ भने तनावमा बस्दै नबस्नुस् । बिरामीः यदि त्यसो हो भने म आजै मेरी श्रीमतीलाई माइत पठाइदिन्छु । ००० श्रीमतीः म अब यो घरमा एक मिनेट पनि बस्न सक्दिनँ । श्रीमान्ः त्यसो भए के गछर्यौ त ? श्रीमतीः म माइती जान्छु, अब म तिमीलाई पारपाचुके दिन्छु । श्रीमान्ः यस्ता राम्रा-राम्रा कुरा गरेर तिमी मलाई कहिल्यै मूर्ख बनाउन सक्दिनौ । ००० रामुको घरमा फोनको घण्टी बज्यो, उसले श्रीमतीलाई घरमा छैन भनिदे भनेर फोन उठाउन लगायो, श्रीमतीले फोन उठाएर भनीः ऊ घरमै छ । रामु -रिसाउँदै)ः मैले घरमा छैन भन भनेको होइन ? किन छ भन्यौ ? श्रीमतीः होइन, त्यो मेरै फोन थियो । ००० एक दिन लोग्ने-स्वास्नीबीच को राम्रो भनेर झगडा परेछ । झगडा टुङ्ग्याउन उनीहरूले आफ्नो छोरासँग सोधेछन्ः भन त बाबु, हामी दुई जनामा को राम्रो ? छोराः -जङ्गिँदै) तपाईंहरू दुई जना राम्रो भएको भए म यस्तो हुन्थें...? ००० पहिलोः भरे के गर्दैछौ नि ? दोस्रोः घर पुग्नासाथ आफ्नो लुगा धुनु छ, श्रीमती माइतीमा छे । अनि तिम्रो नि ? पहिलोः मेरो त घर पुग्नासाथ सालीको कट्टु फुकाल्नु छ । दोस्रोः हँ, किन ? पहिलोः मैले आज बिहान हतारमा सालीको कट्टु लगाएर आएछु । ००० दुःखका साथ भन्नुपरिरहेको छ कि तपाईंकी श्रीमती तपाईंको ड्राइभरसँग भागी । मनिसः केही छैन, म आफैं गाडी चलाउन सक्छु । ००० एक भलाद्मीकी श्रीमती एकाएक कतै गायब भइन् । हामीले सुन्यौं, तपाईंकी पत्नी कतै गायब भइन रेः कसैले सोध्यो । हो, तपाईंले ठीक सुन्नुभयोः उतर मिल्यो । पुलिसमा रिपोर्ट गर्नुभयो ? छैन । किन ? अघिल्लोपटक मेरी श्रीमती गायब भएकी थिई, मैले पुलिसमा रिपोर्ट लेखाएकी थिएँ । त्यतिबेला धेरै गडबड भयो । कस्तो गडबड ? पुलिसले उसलाई खोजेर ल्याइदियो । ००० दिपेशः कसरी घरमा बसी-बसी शरीरभरि चोट लाग्यो ? विराटः खै यार, कसरी भन्ने ? त्यत्तिकै लाग्यो । दिपेशः कतिचोटि भनिसके, अरूसँग झगडा नगर... हेर, कुटेर तिम्रो कस्तो हालत बनाएका... तिमीलाई कुट्नेको त हातमा कीरा परोस् । विराटः बस बस, म आफ्नी श्रीमतीका बारेमा योभन्दा धेरै नराम्रो सुन्न सक्दिनँ ।

No comments:
Post a Comment