Monday, February 28, 2011
ग्ल्यामर छविमा फर्किन् बिपाशा
एजेन्सीमुम्बई । बलिउड नायिका बिपाशा बसु पुन: पुरानै छविमा फर्कन थालेकी छन् । गत वर्ष उनले आफूलाई ग्ल्यामर छविबाट साधारण युवतीका रूपमा प्रस्तुत गरेकी थिइन् । तर उनले यस्तो भूमिका निर्वाह गरेका चलचित्रले राम्रो व्यापार गर्न नसकेका कारण उनी पुन: ग्ल्यामर छविमै देखापर्ने भएकी हुन् । बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् । बलिउडमा प्रवेश गरेदेखि नै ग्ल्यामर भूमिकामा देखापर्दै आएकी बिपाशालाई बलिउड कै कामुक अभिनेतृका रूपमा समेत चिनिन्छ । तर आफ्नो पहिचानविपरीत भूमिका निर्वाह गरेका कारण उनलाई दर्शकले नरुचाएको विश्लेषकहरूको भनाइपछि बिपाशाले अब ग्ल्यामर भूमिकामै आफूलाई फर्काउने निर्णय लिएकी हुन् । बिपाशाले रोहन सिप्पीको चलचित्र ‘दम मारो दम’ मा ग्ल्यामर भूमिका निर्वाह गरिरहेकी छन् । सायद यस चलचित्रले उनको लोकप्रियतालाई बजारमा कायम राख्न मद्दत पुग्ने छ । यो चलचित्रको कथा भारतको पर्यटकीय सहर गोवामा आधारित छ । यस चलचित्रमा बिपाशाले गोवाकी एक सुन्दर युवतीको भूमिका निर्वाह गरेकी छन् जसले एयर होस्टेज बन्ने सपना पालेकी हुन्छे । तर आफ्नो सपना पूरा गर्न नसकेपछि उनी अर्कै बाटो समाउन बाध्य हुन्छिन् । बिपाशाका साथ यस चलचित्रमा अभिषेक बच्चन, राणा दगुबती र प्रतीक बब्बरले पनि अभिनय गरेका छन् । यस चलचित्रमा बिपाशाले केही उत्तेजित दृश्यमा समेत आफूलाई उभ्याएको बताइन्छ । स्रोतका अनुसार यस चलचित्रमा उनी ‘बेड सीन’ मा देखा पर्दैछिन् । त्यसो त आफूभन्दा कम उमेरको नायकसँग त्यस्तो दृश्य दिन सुरुमा नमानेकी बिपाशालाई रोहन सिप्पीको लामो प्रयासपछि सहमति जनाएकी हुन् ।
Labels:
फिल्मी खबर
Subscribe to:
Post Comments (Atom)
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* असेंबल ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) जरुरी ऋण जानकारी दिएको लागि।
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874