Showing posts with label नेपाली जोक्स. Show all posts
Showing posts with label नेपाली जोक्स. Show all posts

Friday, February 11, 2011

प्रेम मय चुट्किलाहरू

प्रेमिकाः के तिमी मलाई साँच्चिकै माया गर्छौ ?
प्रेमीः हो भनेको, मैले हिजै आफ्ना प्रेमिकाहरूको लिस्ट हेरेर कन्र्फम गरेको ।

राम र श्यामसँग कुरा गर्दै थिएँः श्यामः मेरी प्रेमिका मलाई यति धेरै माया गर्छे तर आजसम्म ऊ मँसग बोलेकी छैन ।
श्यामः (अचम्म पर्दै) हँ, किन नबोलेको ?
रामः मेरी प्रेमिका बहिरा छ क्या !
प्रेमीः बिहान खोइ कसको अनुहार देखिएछ, आज दिनभर एक सिता अन्न पनि पेटमा परेको छैन ।
प्रेमिकाः मैले भनेको मान्दैनौ, त्यो तिम्रो बेडरुममा भएको ऐना हटाइदेऊ, नत्र सधैं त्यस्तै होला ।
०००
प्रेमिकाले प्रभावको छातीमा हात राख्दै भनीः तिम्रो दिल त पत्थरजस्तै कडा रहेछ ।
प्रेमीः (हाँस्दै)ः होइन डार्लिङ, तिम्रो हात मेरो गोजीमा भएको लाइटरमा छ ।
०००
प्रेमीः हैन, तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुबाले गाली गर्न हुन्न ?
प्रेमिकाः बुवाले त गर्नुहुन्न तर आमाले चाहिँ गाली गर्नुहुन्छ ।
प्रेमीः बुवाले चाहिँ केही नभन्ने अनि आमाले चाहिँ किन गाली गर्ने नि ?
प्रेमिकाः आमा आफ्नो लुगा अरूले लगाको मनै पराउनुहुन्न ।
०००
प्रेमीः मलाई पैसाको सख्त आवश्यकता छ ।
प्रेमिकाः किन ?
प्रेमीः मेरो बाबा बिरामी हुनुहुन्छ ।
प्रेमिकाः रुपैयाँको त मलाई पनि आवश्यकता छ ।
प्रेमीः किन, के भयो र ?
प्रेमिकाः के हुनु नि, तिमीलाई नै दिनलाई हो ।
०००
प्रेमीः प्रिय, म त्यस्ती युवतीसँग विवाह गर्न चाहन्छु जो सुन्दर, बुद्धिमान् तथा सीधा व्यवहार गर्ने खालकी होस् ।
प्रेमिकाः त्यो त ठीकै छ, तर हाम्रो कानुनले तीन जनासँग विवाह गर्न छुट दिएको छैन ।
०००
एक प्रेमिकाले आफ्नी साथीसँग भनिन्ः थाहा छ, मेरो प्रेमीले मलाई यो सहरको सबैभन्दा सुन्दर महिला भन्छ ।
सहज स्वरमा साथीले भनिन्ः हो, मलाई थाहा छ र यो पनि थाहा छ कि उसको आँखा धेरै कमजोर छ ।
०००
प्रेमिकाः कति नराम्रो कुरा तिमी मेरो पिटाइपछि पनि हाँसिरहेका छौ ।
प्रेमीः तिमीले नै भनेकी थियौ, खतराको सामना हाँसी-हाँसी गर्नुपर्छ ।
०००
प्रेमिकाः म तिमी विना बाँच्न सक्दिनँ । तिमी मसँग कहिले विवाह गर्छौ ?
प्रेमीः प्रिय, म तिमीसँग अवश्य विवाह गर्छु तर पहिले मैले आफ्नो परिवारसँग सोध्नुपर्छ ।
प्रेमिकाः के तिम्रा बुबा-आमाले मान्नुहुन्छ त ?
प्रेमीः किन नमान्नु ? मेरा बुवा-आमाले मेरो निजी जीवनमा चासो राख्नुहुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
०००
प्रेमिकाः तिमी विवाहपछि चुरोट पिउन छोड्छौ ?
प्रेमीः किन नछोड्नु ? अवश्य छोड्छु ।
प्रेमिकाः रक्सी र तास नि !
प्रेमीः त्यो पनि छोड्छु ।
प्रेमिकाः विवाहअघि चाहिँ के-के छोड्ने विचार गरेका छौ नि ?
प्रेमीः तिमीलाई !
०००
प्रेमी-प्रेमिका कोठामा बसिरहेका बेला प्रेमीले अकस्मात बत्ती निभाए ।
प्रेमिकाः तिमीले के गरेको यो ? बत्ती बाल, मलाई डर लाग्छ ।
प्रेमीः नडराऊ प्रिय, म छँदै छु नि ।
प्रेमिकाः तिमी भएर त डराएको नि ।
०००
एउटा बगैंचामा प्रेमी-प्रेमिका कुरा गर्दै थिए ।
प्रेमिकाः रोहन, के तिमी मलाई विवाहपछि पनि यत्तिकै माया गर्छौ ?
प्रेमीः गर्छु नि, मलाई विवाह गरेका महिला पहिलेदेखि नै मन पर्छन् ।
०००
एउटा लामखुट्टे र कमिला एक-अर्कालाई खुब प्रेम गर्थे । यो कुरा कमिलाको बाबुले चाल पाएछ । त्यसैले उसले कमिलाको विवाह हात्तीसँग गरिदिएछ । एक वर्षपछि हात्ती र कमिला बजार गएका थिए । बजारमा कमिलाको भेट पूर्वप्रेमी लामखुट्टेसँग भएछ । हात्ती एकातिर गएको मौका पारी लामखुट्टेले कमिलासँग आफूसित भाग्ने प्रस्ताव राख्यो । कमिलाले निराश हुदै भन्यो- नाइँ, अब म तिमीसँग जान्नँ । मेरो पेटमा हात्तीको बच्चा छ । ०००
एउटा मानिसले आफ्नो प्रेमिकालाई ओठमै किस गरिदिएछ ।
प्रेमिकाः तिमीले मलाई विवाहअघि नै किस गरेको......?
प्रेमीः म त विवाहित नै हो नि प्रिये ।
०००
प्रेमीः तिमीलाई कसरी फोन गरूँ त म ?
प्रेमिकाः किन नि ?
प्रेमीः तिम्रो बुबाले फोन उठाए भने !
प्रेमिकाः डराउनु पर्दैन । मेरो बुबाले फोन उठाउनुभयो भने योगेश बोलेको भन, उहाँले बोलाइदिनुहुन्छ ।
प्रेमीः योगेश ! ऊ को नि ?
प्रेमिकाः ऊ मेरो हुनेवाला श्रीमान् हो । त्यसैले बुबाले सजिलै फोन दिनुहुन्छ ।
०००
प्रेमीः मैले निश्चय गरें कि म पच्चीस पुगेपछि विवाह गर्छु ।
प्रेमिकाः मैले पनि निश्चय गरें कि जबसम्म मेरो विवाह हुँदैन, तबसम्म म पनि पच्चीस वर्षकै रहन्छु ।
०००
विदेशमा भएको लाहुरे आफ्नी प्रेमिकाले छोडपत्र पठाएको र भएको फोटो फिर्ता गर्न भनी चिठी लेखेकोमा दुःखी र निराश थियो, तर केटा पनि के कम ? उसले भए भरको सबै फोटो जम्मा गर्‍यो र लेख्योः मायालु प्रिय, मैले तिमी कुनचाहिँ हो भनेर चिन्न सकिनँ.... त्यसैले कृपया तिम्रो फोटो राख र अरू चाहिँ फिर्ता गरिदेऊ ।
०००
सयुज र सन्दीप वसन्तपुर घुम्दै थिए । त्यही बेला सन्दीप एकोहोरिएर कतै हेरिरहेको थियो ।
सयुजः दाइ, के हेरेको त्यसरी ?
सन्दीपः -दरबारको दलिनमा प्रेममा मग्न परेवाको जोडी देखाउँदै) हे भगवान्, तिनीहरूले जस्तो गरी माया गर्न पाए कस्तो हुन्थ्यो होला ?
सयुजः (झर्किंदै) तपाईंका घरमा नि परेवा छन् , गएर गर्नु नि त माया....! ०००
कक्षामा एक दिन शिक्षकले विद्यार्थीहरूलाई आफ्ना प्रेमी-प्रेमिकाको नाम लेख्न लगाएछन् । एक छात्रबाहेक सबैले दुई सेकेन्डमै नाम लेखेर बुझाए तर एउटा विद्यार्थीले दस मिनेटपछि उठेर भन्योः सर ! थप कपी ।
०००
प्रेमी-प्रेमिका होटलमा बसेर खाना खाइरहेका थिए ।
प्रेमिकाः आज एउटा सायरी सुनाऊ न, कान पवित्र हुने थियो कि ?
प्रेमीः तिमीलाई भेट्न आएथें म त, तिम्रो बाबुको कत्रो सान, ढोकाभित्र पस्नै नपाइ लेखेको रहेछ— कुकुरदेखि सावधान ।
०००
प्रेमीः आजकाल म साहित्यसेवा गरिरहेको छु ।
प्रेमिकाः -खुसी हुँदै) किताबै लेख्न थाल्यौ कि क्या हो ?
प्रेमीः होइन, सहित्य प्रकाशन केन्द्रमा पुस्तकमा गम टाँस्ने काम गर्छु ।
०००
प्रेमीः सरिता
प्रेमिकाः हजुर
प्रेमीः आज म एउटा कुरा सोधौँ ?
प्रेमिकाः सोध न ।
प्रेमीः के साँच्चै तिम्रो जीवनमा आएको म नै पहिलो पुरुष हुँ ?
प्रेमिकाः हो नि । म पनि एउटा कुरो सोधौँ ?
प्रेमीः सोध न ।
प्रेमिकाः किन सबै जना मसँग यही प्रश्न सोध्छन् डार्लिङ ?
०००
एक प्रेमी आफ्नी प्रेमिकाको पिताकहाँ गयो र भन्यो— म तपाईंकी छोरीको हात माग्न आएको ।
प्रेमिकाको बुबा— सिर्फ हात पाइँदैन । माग्नु छ भने पूरै छोरी माग ।
०००
प्रेमीः तिम्रा आँखा साह्रै नशालु छन् ?
प्रेमिकाः किन नहुनु त ? मेरो ड्याडी नामुद जँड्याहा हुनुहुन्छ ।
०००
एउटी सुन्दर महिला मनोचिकित्सक कहाँ पुगेर ।
महिलाः डाक्टरसा'प, मेरो एक जना केटासँग प्रेम भयो । उसलाई म ज्यादै मन पराउँछु । उसले पनि मलाई मन पराउँछ । हामी विवाह गर्न चाहन्छौं । हाम्रो यो कुरामा मेरो डेडी-ममी पनि खुसी हुनुहुन्छ ।
डाक्टरः सबै ठीकै रहेछ, बिहे गरे भैगयो नि ? मैले सल्लाह नै दिनुपर्ने कुरा नै के छ र ?
सुन्दर महिलाः तर म आफ्नो लोग्नेलाई यो कुरा कसरी भनौं ?
०००
प्रेमीः भन मात्र प्रिय, तिम्रो लागि आकाशको जून-तारा झारिदिन्छु ।
प्रेमिकाः आकाशको जून-तारा होइन, मात्र तिम्रो सबै दाँत झारेर मलाई दिए पुग्छ ।
प्रेमीः -आश्चर्य मान्दै) मेरा सबै दाँत झारेर तिमीलाई दिएँ भने म त बूढोजस्तो देखिइन्छु नि ।
प्रेमिकाः त्यसो भए अरू युवतीले तिमीप्रति आँखा लगाउन पाउँदैनन् नि !
०००
पति-पत्नी प्रेमपूर्ण गफ गरिरहेका थिए ।
पतिः भगवान्ले कानमा नपरोस्, तर पनि यदि मेरो देहान्त भए तिमी कोसँग बस्छौ ?
पत्नीः -रातो र रसिलो अनुहार पार्दै) आफ्नै बहिनीसँग बस्नुपर्ला ? अनि मलाई केही भैहालेमा तपाईं कोसँग बस्नुहुन्छ नि ?
पतिः -गम्भीर हुँदै) मेरो पनि आफ्नो भन्नु अरू को नै छ र ! तिम्रै बहिनीसँग बस्नुपर्ला नि !
०००
प्रेमीः कति महँगी बढेको । बीस रुपैयाँको त केही पनि आउँदैन डार्लिङ ।
प्रेमिकाः किन आउँदैन, दुईवटा दसको नोट त आउँछ नि ।
०००
प्रेमीः प्रिय, म तिम्रो आँखामा सधैंका लागि डुब्न चाहन्छु ।
प्रेमिकाः मेरो आँखालाई तिमीले स्वीमिङ पुल भन्ठानेको ?
०००
प्रेमीः आज म हाम्रो विवाहको कुरा गर्न तिम्रो घरमा आउँछु है ?
प्रेमिकाः तिमीले ठीक समयमा फोन गर्‍यौ । आज बुबाले जुत्ता फुकालेर पलङ मुनि राख्नुभएको छ । छिट्टै आऊ है !
०००
किन भाइ, आज एकदमै उदास भएर बसेको छस् नि ?
मेरी प्रेमिकाले मसँग शीघ्र विवाह गर्ने प्रस्ताव राखी ।
यसमा चिन्ता गर्ने के कुरा छ ?
चिन्ताको त कुरा छ । अब मैले प्रेम कोसँग गर्ने ?
०००
प्रेमिकाः तिमी त भन्थ्यौ, ब्युटी क्लिनिकमा तिम्रो जागिर भयो भनेर । तिमी यहाँ बाहिर उभिएर के गरिरहका छौ ?
प्रेमीः यहाँ बाहिर उभिनु, भित्र पस्ने नारीको रक्षा गर्नु र जब श्रृंगार गराएर बाहिर निस्कन्छन् तब सिटी बजाउनु यही त हो मेरो जागिर ।
०००
प्रेमीः अब म तिमीलाई कसरी भनौं कि दुनियाँमा त्यस्तो केही छैन, जुन म तिमीलाई पाउनका लागि गर्न नसकौं । तिम्रा लागि म पर्वत नाघ्न सक्छु, समुद्र तर्न सक्छु ।
प्रेमिकाः म पनि तिमीलाई धेरै चाहन्छु प्रिय ! अब कहिले भेट्ने ?
प्रेमीः यदि पानी परेन भने शनिबार यही समयमा यहीँ ।
०००
पत्नी पतिसँग कार चलाउन सिक्दै थिई, उसले पतिलाई भनीः यो सामुन्नेको सिसा ठीकसँग लगाइएको छैन ।
किन, के गडबडी छ ? -पतिले सोध्यो ।
यसमा म पछाडिबाट आएको कार देख्छु, तर आफ्नो अनुहार त बिल्कुलै देख्दिनँ ।
०००
एक पुलिसको घरमा चोर आएछ । पुलिसकी स्वास्नीले पुलिसलाई उठाउन खोजी । पुलिस रिसाउँदै भनेछः सुत्न देऊ, म अहिले ड्युटीमा छैन ।
०००
एउटा मान्छे गाडी कुदाइरहेको थियो । उसकी श्रीमतीले फोन गरेर आत्तिँदै भनीः विचार गरेर गाडी कुदाऊ । मैले भर्खरै रेडियोमा सुनेको एउटा बहुला मान्छेले गलत रूटमा गाडी कुदाइरहेको छ ।
श्रीमान्ः मलाई थाहा छ, तर यहाँ एउटा मात्र होइन, सैयौं मानिसले गलत रुटमा कुदाइरहेका छन् ।
०००
पत्नीः सुन्नु त, छोरा किन रोएको ?
पतिः ऊ भन्दै छ— गधामाथि चढ्छ रे ।
पत्नीः किन रुवाइरहेको त, आफ्नो जीउमा चढाउनु न ।
०००
डाक्टरः बिरामीलाई सल्लाह दिंदै, तपाईं आफ्नो ब्लड प्रेसर सामान्य बनाउन चाहनुहुन्छ भने तनावमा बस्दै नबस्नुस् ।
बिरामीः यदि त्यसो हो भने म आजै मेरी श्रीमतीलाई माइत पठाइदिन्छु ।
०००
श्रीमतीः म अब यो घरमा एक मिनेट पनि बस्न सक्दिनँ ।
श्रीमान्ः त्यसो भए के गछर्यौ त ?
श्रीमतीः म माइती जान्छु, अब म तिमीलाई पारपाचुके दिन्छु ।
श्रीमान्ः यस्ता राम्रा-राम्रा कुरा गरेर तिमी मलाई कहिल्यै मूर्ख बनाउन सक्दिनौ ।
०००
रामुको घरमा फोनको घण्टी बज्यो, उसले श्रीमतीलाई घरमा छैन भनिदे भनेर फोन उठाउन लगायो, श्रीमतीले फोन उठाएर भनीः ऊ घरमै छ ।
रामु -रिसाउँदै)ः मैले घरमा छैन भन भनेको होइन ? किन छ भन्यौ ?
श्रीमतीः होइन, त्यो मेरै फोन थियो ।
०००
एक दिन लोग्ने-स्वास्नीबीच को राम्रो भनेर झगडा परेछ । झगडा टुङ्ग्याउन उनीहरूले आफ्नो छोरासँग सोधेछन्ः भन त बाबु, हामी दुई जनामा को राम्रो ?
छोराः -जङ्गिँदै) तपाईंहरू दुई जना राम्रो भएको भए म यस्तो हुन्थें...?
०००
पहिलोः भरे के गर्दैछौ नि ?
दोस्रोः घर पुग्नासाथ आफ्नो लुगा धुनु छ, श्रीमती माइतीमा छे । अनि तिम्रो नि ?
पहिलोः मेरो त घर पुग्नासाथ सालीको कट्टु फुकाल्नु छ ।
दोस्रोः हँ, किन ?
पहिलोः मैले आज बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।
०००
दुःखका साथ भन्नुपरिरहेको छ कि तपाईंकी श्रीमती तपाईंको ड्राइभरसँग भागी ।
मनिसः केही छैन, म आफैं गाडी चलाउन सक्छु ।
०००
एक भलाद्मीकी श्रीमती एकाएक कतै गायब भइन् ।
हामीले सुन्यौं, तपाईंकी पत्नी कतै गायब भइन रेः कसैले सोध्यो ।
हो, तपाईंले ठीक सुन्नुभयोः उतर मिल्यो । पुलिसमा रिपोर्ट गर्नुभयो ?
छैन । किन ?
अघिल्लोपटक मेरी श्रीमती गायब भएकी थिई, मैले पुलिसमा रिपोर्ट लेखाएकी थिएँ । त्यतिबेला धेरै गडबड भयो ।
कस्तो गडबड ?
पुलिसले उसलाई खोजेर ल्याइदियो ।
०००
दिपेशः कसरी घरमा बसी-बसी शरीरभरि चोट लाग्यो ? विराटः खै यार, कसरी भन्ने ? त्यत्तिकै लाग्यो । दिपेशः कतिचोटि भनिसके, अरूसँग झगडा नगर... हेर, कुटेर तिम्रो कस्तो हालत बनाएका... तिमीलाई कुट्नेको त हातमा कीरा परोस् । विराटः बस बस, म आफ्नी श्रीमतीका बारेमा योभन्दा धेरै नराम्रो सुन्न सक्दिनँ ।
अरु यता >>

Thursday, January 13, 2011

नेपाली जोक्स..........

1. लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्र स्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ? लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।
2. कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्। पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न। दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १—१ गिलास दिनुस् त् (पसलेले चिया दिन्छ) पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि। दोस्रो:- हो त नी।
3. एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी ।
4. कक्षामा निबन्ध लेख्ने विषयमा दुई जना विद्यार्थीबीच भलाकुसारी चल्यो । पहिलोले सोधेछ: पहिलो: मलाई निबन्ध लेख्न साह्रै गार्हो लाग्छ, कसरी लेख्ने होला है ? दोश्रो: निबन्ध ? त्यो त सजिलो छ नि ! पहिलो: कसरी लेख्ने भन न त । दोश्रो: हातमा कलम समात अनि लेख न ।
5. दुई जना स्कुले बालकहरु श्यामे र रामे स्कूल जाँदै गर्दा बटोमा गफ गर्दै: श्यामे: अँ, हिजो त मैले अनौठो कुरा देखेँ नि ! रामे: के हो त त्यस्तो अनौठो कुरा ? श्यामे: मैले हिजो कुखुराले अण्डा परेको देखेँ नि ! रामे: यस्तो सानो कुरा पनि सुनाउने हो ? श्यामे: केको सानो कुरा ? सक्छस् भने तैँले पारेर देखा त ।
6. A sardar got an invitation to a party which said"Red tie only".But when he went to the party,he was surprised to see that others were wearing pants and shirts also.
7. Teacher: Everyone write your lover's name in a piece of paper. Girls after 2 secs.: Finished mam. Boys after 10 minutes: Extra sheet mam.
8. Men always have better freinds....They will stand by you, no matter what!!! Friends of women: A wife was not at home for a whole night.So,she tells her husband the very next morning,that she stayed at her friend's(girl friends) apartment the whole night.So the husband callsc 10 of her best (girl) and nooneof them confirmed that she was with them. Friends of men: Ahusband was not at home the overnight.So, he tells his wife the very next morning that he stayed at his friend's(boy) apartment overnight.So,the wife calls 10 of his best(boy)and 5 of them confirmed that he was with them that night and other 5 are claiming that he is still with them.
9. Sardar at bar in New York: Man on his right says:"Jony walker single" Man on his left says:"Peter scotch single" Sardar says:"Balgith singh married"
10. Prince Charles and Sardar ji were having dinner. Prince said,:"Pass the wine you divine" Sardar thinks"how poetic" Sardar says,:"Pass the custard you bastard."
11. Bhikari: Saab 6 rupaye de do na, coffee pini hai. Man: Kyoun 1 coffee 3 rupaye ki hai na ? Bhikari: par saab saath main GF bhi hai.. Man: Bhikari ho aur GF banali? Bhikari : Saab GF ne bhikari bana diya.
12. Q:Why can't you keep a clock in jail? A: Because Time is aways running out.
13. The world's thinnest book has only one word written in it "EVERYTHING" and the book is titled "WHAT WOMEN WANT?"
14. It seems that a lawyer had a little bit too much to drink and his way home rear-ended the car infront of him.The lawyer got out of his car, walked over to the driver of the other car and said, "Boy are you in trouble?I am a lawyer." The driver looked out of the window and said, No you are in trouble. I am a judge.
15. Girl : Do you love me? Boy: Yes dear!! Girl : Would you die for me? Boy : No, mine is undying love dear.!!
16. Soon after our last child left home for college, my husband was resting next to me on the couch with his head in my lap.I carefully removed his glasses; "You know, honey," I said sweetly, without your glasses you looklike the same handsome young man I married." "Honey", he replied with a grin, "Without my glasses, you look pretty good,too!!!
17. एक दिन मुन्द्रेको प्रमिकाले आफ्नो सबै लुगा फुकाल्यो र भनि मलाई तिम्रि श्रीमति जस्तै गर मुन्द्रेले सबै लुगा बठुल्यो र घुन लाग्यो ।
18. एक दिन मुन्द्रे र एक जना मान्छे बिसौ तल्लामा बसेर कुरा गर्दै थियो। अकस्मात कसैले मुन्द्रेलाई “मुन्द्रे तेरो छोराको मुत्यु भयो भन दियो। बियोग सहन नसकि मुन्द्रे २० तल्लाबाट हाम फाल्यो।उ तल झर्न लाग्यो। जब उ ८ औ तल्लामा पुग्यो उसले सम्झयो उसको त छोरा नै छैन जब ऊ ५ औ तल्लामा पुग्यो उसले सम्झयो कि उसको त बिहे नै भा छैन जब ऊ २ औ तल्लामा पुग्यो उसले आफु मुन्द्रे नभएको सम्झयो ॥
19. मुन्द्रेलाई सबैले आफ्नो रमाईलो बनाएको देखेर रिस उठेछ र एक दिन श्रीमतीलाई भनेछ एऊटा यस्तो चुटकिला भन जुनमा मेरो योगदान छैन मुन्द्रेकी श्रीमतिले भनिछ : म गर्भवती भए।
20. मुन्द्रेलाई एक रात लामखुट्टेले टोकेर हैरान गरेछ मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त तिमिहरु मर्छै
अरु यता >>

Monday, January 3, 2011

एकछिन हासौं, मूड फ्रेस गरौं न त हुन्न ? नेपाली जोक्स

एकजना मन्त्रीले आफ्नो पि. ए. लाई आफुले दिनु पर्ने भाषण तयार पार्न लगाए । भाषणलाई त्यसबेलाको टाइपराइटरबाट टाईप गरी मन्त्रीलाई बुझाएछन । तर मन्त्रीको भाषण सुन्ने बित्तिकै सुन्नेहरु हुटिङ गर्न थालेछन । मन्त्री:( पि. ए. लाई झापार्दै ) तलाई छोटो मिठो भाषण तयार गर्नु भनेको हैन लाटा पि. ए.: माफ गर्नुस मन्त्री ज्यु , मैले भाषण त छोटै बनाएको थिए तर हजुरले कार्वनकपीको तिनै प्रति पनि पढि भ्याए पछि मैले के गर्ने त ?
एउटा जोडी आफ्नो विवाहको रजत जयन्ती मनाउदै थिए । दुबैको उमेर साठी पुगेको थियो । त्यसदिन बिहान भगवान सँग साह्रै गहिरो प्रथाना गर्दा साचै देवता उनिहरुको अगाडि प्रकट भए । देवता: लौ माग, के माग्छौ त ? पतिदेब: भगवान, मेरी पत्नीको आयु मेरो भन्दा ३० बर्षले घटाऊनु पर्‍यो । देवता: तथास्तु एकछिन पछी त बुढोको उमेर ९० बर्ष पो पुगेछ ।
एउटा दाढीवाल पण्डित समुहमा कथा भन्दै थियो । कोही पनि उसको कथा ध्यानपुर्वक सुनिरहेका थिएनन तर एउटी बुढी भने आँसु झारी रहेकी थिई । पण्डित: आमै, तपाईंलाई त मेरो कथा साह्रै घत लागेको छ नि । बुढी: कुरो त्यसो हैन बाजे । हजुरको सेता दाढी देखेर पाँच बर्षअघि हराएको मेरो बोको सम्झेर पो खपी नसक्नु भाको मलाई ...
पुलिस अंकलको फोन बज्छ । इन्स्पेक्टरले फोन उठाउछ । इन्स्पेक्टर: हेलो, म इन्स्पेक्टर फलानो बोल्दैछु । भन्नुस् । अर्कोतिर बाट निक्कै आत्तिएको आवाज आउछ - तपाईं छिटै आईहाल्नु पर्‍यो । मेरो ज्यान खतरामा छ, उसले मलाई जिउदै निल्न लागेको छ क्या । इन्स्पेक्टर चकित हुँदै: कसले ? - कालो बिरालोले क्या, बिरालोले .... इन्स्पेक्टर झनै आष्चर्यमा पर्छ - जिउदै निल्न लागेको छ रे ? तपाईं को बोल्नु भाको ? - म सुगा बोल्दै छु सुगा !
एकजना मान्छे काम खोज्ने क्रममा एकजना मेनेजरलाई अन्तर्वाता दिदै थिए । मेनेजर: तपाईं अन्तर्वातामा पास हुनु भयो । पहिलो ३ महिनामा तपाईंको तलब मासिक ३ हजार हुनेछ । त्यसपछि बाट महिनाको ६ हजार पाउनु हुनेछ । हुन्न र ? बेरोजगार: हुन त हुन्छ, उसो भए म तीन महिना पछि नै आउँला नि सर हुन्न र ?
एकछिन रमाइलो गरौ न त हुन्न ??? एउटा जापानिज पर्यटक ट्याक्सीमा चढेर एयरपोर्ट लागेछ । बाटोमा एउटा टोयोटा गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । एक छिनमा पजेरो देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । फेरी एक छिन पछी निसान गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । ड्राइभरलाई साह्रै झ्याउ लागेछ । एयरपोर्ट पुगेपछि मिटरमा रु ८०० चढेको देखेर पर्यटक जिल परेछ । अनि सोधेछ, कति महँगो ? नेपाली ड्राइभरले मिटर देखाउदै भनेछ: मेड इन जापान, वेरी फास्ट ।
एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?" डाक्टरले भन्यो: मैले अप्रेशन मात्र तिम्रो गरेको थिए , सारा गाँउलेको होइन् ।
दुईजना कर्मचारी कुरा गर्दै पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ? दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ...त्यहि मासुको भुटुवासँग...दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ? पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु । दोश्रो: हँ ! किन ...? पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।
बिहे अगाडि केटा केटीको गफ !! बिहे अगाडि केटा केटीको गफ!! माथि बाट तल पड्दै जानुस् !!
केटा: साचै भन्नु पर्दा मैले यो छण धेरै कुरेको थिए। केटी: के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ? केटा: होइन!! त्यस्तो तिमी नसोच. केटी: के तिमी मलाई साचै मन पराउछौ? केटा: अफ्कोर्स !! सधैं भरी. केटी: के तिमी मलाई ढाट्दै छौ ? केटा: नो!! किन तिमी यस्तो वाइयात कुरा सोच्दैछौ ? केटी: के तिमी मलाई किस गर्छौ ? केटा: सधैं भरी । केटी: तिमी मलाई पिट्छौ कि ? केटा: के तिमी पागल त भएनउ ? केटी: के म तिमीलाई विश्वाश गरौँ ? केटा: Yes केटी: Darling
बिहे भईसक्यो अब तल बाट माथि पढ्दै जानुस् !!
एउटा गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ । दोश्रो गधा : त्यसो भए तिमी किन भागेर जादैनौ त ? पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन , मालिकको राम्री छोरीले जब जब केही बदमासी गर्छ तब तब मालिकले यो भन्ने गर्छ " धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधा सँग गरिदिन्छु" बस यही आशामा बसेको छु यार ...
एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र धरहरा बाट पहिला प्रेमीले हामफालेछ । त्यतिकैमा प्रेमिकाले आँखा बन्द गरेछ र भनेछ " माया त अन्धो हुन्छ " र फर्केर गईछ । यो देखेर प्रेमीले पनि यो भन्दै आफ्नो प्याराशुट खोलेछ " माया त कहिले पनि मर्दैन " ।
पत्नी : तपाईं सार्है मोटो हुनु भयो । पति : तिमी पनि त मोटी भयौ नि । पत्नी : म त आमा बन्ने वाला छु नि त । पति : म पनि त बुवा बन्ने वाला छु नि ।
विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ? मिस : (रिसाउदै), किन र ? विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले ।
( पति र पत्नी मन्दिर गएर फर्किदै ) पति : तिमीले भगवान सँग के माग्यौ ? पत्नी : तपाईं र सात जनम सम्म सँगै हुन पाउँ , अनी तपाईंले के माग्नु भयो नि ? पति : यो हाम्रो सातौँ जन्म होस्
एउटा मान्छे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् । ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ? प्याराशुट बेच्ने मान्छे : खुलेन भने तिम्रो पैसा फिर्ता ..........
शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ । विद्यार्थी : त्यो त हुन नै सक्दैन । शिक्षक : किन ? विद्यार्थी : किन भने यस्तो सानो कन्डम बन्न नै सक्दैन ।
जज : (चोर सँग) तिमी कसरी पक्राउ पर्यौ ? चोर : एका बिहानै सपिङग गरेर । जज : यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि ? चोर : पसल खुल्नु भन्दा अगाडि ...
बिरामी : डाक्टर साब, मलाई भुल्ने बिमारी छ । डाक्टर : कहिले देखि यो बिमारी लाग्यो ? बिरामी : कुन बिमारी ??? डाक्टर : भुल्ने बिमारी क्या ... बिरामी : त्यो त भुलेँ डाक्टर : ( औषधीको नाम लेखेर ) ल यो औषधी किनेर खानु । ( भोली पल्ट ) तपाईंले लेखेर दिएको औषधी त कही पाइएन डाक्टर साब .. डाक्टर : ( प्रेस्क्रिप्शन हेर्दै ), हत्तेरिका मैले त औषधीको नामनै लेख्न बिर्सेंछु , यो त मेरो सिग्नेचर हो ।
श्याम : आज मैले रेखा थापा सँग फोनमा कुरा गरे नि । राम : हो र ? मलाई त विश्वाश लागेन । श्याम : भगवान कशम , कुरा गरेकै हो । राम : ल ल ठीक छ अनी उनले के भनी त ? श्याम : रङग नम्बर ...
राम : ओए, उ त्यो केटी हेर त कस्ती छे ? श्याम : निकै राम्री छे राम : यदि मौका पायौ भने बिहे गर्छौ त ? श्याम : मौका मिल्छ भने बिहे किन गर्नु नि ??
बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ । पत्नी : किन र ? पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु ।
बिरामी डाक्टर सँग तपाईंले नर्स एकदम राम्रो राख्नु भएको रहेछ, उसको हात लाग्ने बित्तिकै म ठीक भएँ । डाक्टर : मलाई थाहा छ , थप्पडको आवाज मैले पनि सुनेको थिए ।
माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस । ( पति पत्नी सँग ) देउ देउ, तिमीलाई सुन्दरी देख् ने यो अबस्य पनि अन्धो नै होला ।
पत्नी : एउटा कुरा भनौ ? पति : भन न पत्नी : रिसाउन त रिसाउदैनौ नि ? पति : रिसाउदिन, भन न पत्नी : कुट्न त कुट्दैनौ नि ? पति : केही गर्दिन भन न के कुरा हो ? पत्नी : म Pregnant छु पति : ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ? पत्नी : कलेजको टाइममा मैले यही कुरा बुवालाई भनेको थिए, त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले ...
छोरा : मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर । मम्मी : याद छ छोरा, तर किन र ? छोरा : मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो ।
स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ । स्कुलको सबै बच्चा टाढा बाट हेर्दै "ल अब स्कुल आउनु परेन" भन्दै खुशी हुँदै थियो । तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो । मास्टरले सोधेछ : बाबु तिमी किन उदास छौ ? बाँकी सबै त खुशी भईराखेको छ त । बच्चा : तर सर तपाईं त जिउदो बच्नु भयो ।
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो : " हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ? स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने " आमा : हैन तैले यो किताब किन पढ्दै छस ? छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ । कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त साहुजी : ल यो लिनुहोस् राम्रो छ कन्जुस : कती पर्छ यसको ? साहुजी : ५०० कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो । जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ? लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ । श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ? राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।
एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ । स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ? लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ । डाँका : हा हा हा पुलिश : ओए किन हाँस्दै छस ? डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ । बुढा : बाबु तिमी के गर्दै छौ ? बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु । बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ? बच्चा : अब भागौ .......
३ जना गफाडीबच्चाहरु गफगर्दा पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार। दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्। अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ? राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।
एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन "
एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ? गाईड : ५ बर्ष टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो । रानीपोखरी देखे पछि फेरी टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ? गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो । टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो । घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ? प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ । प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ? प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ? प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु । प्रेमीका – रक्सी र तास नि ! प्रेमी – त्यो पनि छोड्छु । प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि ! प्रेमी – तिमीलाई !
प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ? प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ। प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ? प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ? राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ? राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त
श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ? राम : अहँ आउँदैन श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ । राम : तिमीलाई पौडी खेल्न आउछ त ? श्याम ( गमक्क फुल्दै ): आउछ राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ? लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?
गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिन सिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ? गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...
स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!" लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।" स्वास्नी : "कस्तो भ्रम??" लोग्ने : "म निदाएको थिए भनेर!!"
बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।
तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु । झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’ मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’ ‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।
एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ? सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...
युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले । एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त .. बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ? राम : ३ प्रकारको सर शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ? राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।
दुई जना पागल कुरा गर्दै थिए पहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु । दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?
एउटा केटीले आफ्नो दिदी सँग सोधेछन बहिनी : दिदी यो दुल्हा भनेको के हो ? दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ? दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ? प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।
पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ । अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ? पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो । त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस । नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।
शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
प्रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ? उत्तर: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर ! प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ? उत्तर: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् ! प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि ! उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !! प्रश्नः प्रश्न यो हो भने उत्तर के हो ? उत्तरः सजिलो छ, उत्तर दीशा हो । प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ? उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् । प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ? उत्तरः दुइटै अर्कालाई दिन मिल्दैन, बरबाद गरिदिन्छन । खर्चपनि उत्तिकै गर्नुपर्छ, बेला बेला चार्ज गरिरहनुपर्छ भनेर चाही भन्न मिलेन । प्रश्नः जतिसुकै बिद्धानले पनि यो कुरो भन्न सक्दैन ? उत्तरः म निदाइरहेको छु, डिस्टर्ब नगर । प्रश्नः हरेक श्रीमतीहरु आफ्ना पतिलाई किन शंका गर्छन् ? उत्तरः अर्काको पतिलाई शंका गर्यो भने पति फेरी पत्निलाई शंक गर्न थाल्छन् । प्रश्नः बाघले घाँस खान थाल्यो भने के होला ? उत्तरः नेताहरु भोकभोकै हुन्छन् । प्रश्नः अफिस जाने बेलामा म त मेरी श्रीमतीलाई चुम्मा दिएर मात्रै जान्छु, तिमी नि ? उत्तरः म त तिमी हिडेपछिमात्रै । प्रश्नः तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन ? उत्तरः सरलाई १५ बर्षदेखी यही कक्षामै पढाई रहन लाज नलागेपछि मलाई के को लाज !
केही आधुनिक रिमिक्स उखान टुक्काहरु बेला बेलामा हाम्रो मुख बाट पनि अनायास उखान टुक्काहरु निस्कन्छन । नेपाली उखान टुक्काहरु प्राय: समय सान्दर्भिक छन र हरेक उखान टुक्काहरुका कुनै न कुनै अर्थ छन । तर रमाइलोको लागि केही उखान टुक्काहरुका रिमिक्स भर्सन :-
1 न पाउनेले केरा पाको चियामा चोपेर खाको २ पण्डितको टुप्पी न एन्टिना न एरिएल ३ भन्सारमा सुन छ लिन गए हुन्छ ४ अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई ५ आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि ६ जसले बियर फोर्छ , उसको हात गनाउछ । ७ नशा भनेको सुर्तीले पनि दिन्छ । ८ आफ्नै छोरी नखर्माउली टन्नेरीलाई दोष ९ खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ १० १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि ११ मनको लद्दु बियर सँग खा १२ जाडो भयो राती अनी बुढी ताती १३ जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै १४ जुन नेता आए पनि घुस खान नछाड्ने १५ कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ? भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
स्वास्नी : तिमी मलाई कती माया गर्छौ ? लोग्ने : शार्जहा जती स्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ?? लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ...
एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
रामश्याम र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?"गुलाफ"रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो "जस्मिन" कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो"क्याक्टस" ल अब पुछ तिम्रो चाक क्याक्टसले ....
बाबु : छोरा तैले गधा देखेको छस ?? छोरा : देखेको छु ड्याडी .. बाबु : अनी उल्लु नि ?? छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ? बाबु : तँ त्यस्तै छस त्यसैले छोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...
एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...
दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो र पहिलो : दाई तपाईं किन रुनु भएको ? दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको । पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ? दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको । त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ? पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ... रोगी: किन डाक्टरसाप - डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ... रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,, अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।
बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ - पाहुना: किन र बाबु - बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो
प्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ... प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ? प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।
मोबाईलले कँगाल दिपक आफ्नो साथीसँग : हे भगवान यो मोबाईलले त मलाई कँगाल बनाउने भयो । साथी : किन र ? दिपक : बारम्बार देखाउछ बेट्री लो बेट्री लो अहिले सम्म २५ वटा बेट्री फेरी सके ।
शेरको शिकार स्वास्नी : यहाँ किन उभिराखेको ?? लोग्ने : शेरको शिकार गर्न जान लागेको । स्वास्नी : अनी जानु नि त किन उभिराखेको त ? लोग्ने : देखिनौ बाहिर कुकुर बसी राखेको छ ।
फोनमा धमकी एक जना मान्छे पुलिशको मा रिपोर्ट लेखाउन गएछ । मान्छे : सर , मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ । पुलिश : को हो त्यो जसले सधैं धमकी दिई रहन्छ ? मान्छे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ....
लाज लाज्दैन अनिल आफ्नो घर अगाडिको बाटोमा नाङै डौडी रहेको देखेर सुनिलले भन्यो । सुनिल : अनिल किन तिमी नाङै डौडेको ? तिमी लाई लाज लाज्दैन ?? सुनिल : तिमी आज चाडै घर आयौ त्यसैले ....
लामो खुशीयाली स्वास्नी : उ त्यो रक्सी खाइरहेको मान्छे सँग मैले दश बर्ष अगाडि बिहे क्यन्सिल गरेको थिए । लोग्ने : ओहो यती लामो खुशीयाली ??
मुटुको राजिनामा एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परिक्ष्यण गरेछ र नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ?? यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै रानीनामा दिनु आटेको छ ।
बर्षाको कारण एउटा विद्यार्थी परिक्ष्या दिई रहेको थियो । अन्तिम प्रश्न थियो " क्रिकेट खेलको comment निबन्धको रुपमा लेख । विद्यार्थी लाई के लेखु के लेखु भएछ र अन्तिममा उसले एस्तो लेखेछ । " बर्षाको कारण आजको क्रिकेट म्याच स्थगित भयो "
जनसंख्या बृदि सरले बच्चाहरुलाई जनसंख्या बृदि बारे पढाउदै थियो । बच्चाअहरुले बुझुन भनेर सरले उदाहरण दिदै पढाउदै थियो । एउटा प्रसङमा सरले यस्तो भनेछ , जनसंख्या बृदिको दर कत्तिको बढीरहेछ त्यसको लागि यो सम्झ कि जब तिमीहरुले एक चोटि सास लिन्छौ नि त्यती बेला सम्ममा चिनमा ३ जना बच्चा जन्मी सकेको हुन्छ । त्यतिकैमा एउटा बच्चा बेन्चमा उठेछ र लामो लामो सास तान्न थालेछ । यो देखेर सरले अचम्म मानेर सोधेछ यो के गरेको तिमीले ? बच्चाले भनेछ सर म चिनमा बच्चा जन्माउदै छु क्या ...
विश्वास एकजन अधबैसे आईमाई आफ्नो श्रीमानलाई लिएर डाक्टर कहाँ जचाउन गएछ । डाक्टरले उनिलाई जचाउन भित्री कोठामा बोलाएपछि महिला: डाक्टर साहेब , बाहिर बसेकी नर्स लाई पनि भित्र बोलाउनुस् न । डाक्टर : किन र , तपाईंलाई म माथि विश्वास लागेन हो ? महिला : त्यसो होइन , तपाईं माथि मेरो पुरा विश्वाश छ तर बहिर बसेको मेरो श्रीमानको भने पटक्कै विश्वास छैन क्या ।
स्कुल ढिलो शिक्षक : ( बिद्यार्थी सँग )आज किन स्कुल ढिलो आएको ह ? बिद्यार्थी : सर , बुवा आमा झगडा गर्दै हुनु हुन्थ्यो त्यसैले ढिलो भयो । शिक्षक : अनी तिमी किन त्यही हेरेर बसेको त ? बिद्यार्थी : नहेरेर के गरु त सर , स्कुल आउँदा लगाउने एउटा जुत्ता बुवाको र अर्को जुत्ता आमाको हातमा थियो , जुत्तै नलगाई कसरी स्कुल आउनु त ।
दिनको २०/२५ पल्ट डाक्टर :(रोगी सँग) तिमीले धेरै चुरोट पिउछौ जस्तो छ , दिनमा कती ओटा चुरोट पिउछौ भन त ? रोगी : त्यस्तै २०/२५ ओटा डाक्टर : ओहो यो त धेरै भयो नि , सके सम्म चुरोट नपिउनुस् है , सक्दै सक्नु हुन्न भने बरु भात् खाइ सके पछि एक दुई ओटा पिउने गर्नुस् तपाईंको रोग निको हुन्छ । ( चार महिना पछि रोगी मोटो घाटो भएर डाक्टर कहाँ फेरी आई पुग्छ ) डाक्टर :( आश्चर्य हुँदै ) अहो , कस्तो छ मैले भने जस्तो गरेकोले तपाईं अहिले कस्तो मोटोघाटो हुनु भएछ रोगी : (नम्र भएर ) हुन त हो नि डाक्टर साहेब तर दिनको २०/२५ पल्ट खाना खानु भनेको कम गार्हो हुन्छ र ...
नेपालको सिमाना शिक्षक : ( क्लासमा प्रवेश गर्दै ) हिजो मैले दिएको पाठ पढेर आयौ ??विद्यार्थी : आयौ सर शिक्षक : राम तिमी भन त बहादुर शाह को पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो ? राम : किताबको पेज ३ देखी ८ सम्म सर
डरलाग्दो कथा कपाल काट्न सैलुन पुगेको ग्राहक हजाम सँग " ए दाई तिमी किन सधैं मेरो कपाल कट्नु अधि डरलाग्दो डरलाग्दो कथा सुनौछौ ?? हजाम : डरलाग्दो कथा सुनाउदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनी मलाई काट्न सजिलो हुन्छ नि त
भोली देखी बन्द एकजना जड्या बिहान उठेर पत्रिका पढ्न बसेछ । पत्रिका पढ्दै जादा पत्रिकाको एउटा लेखमा उस्को आँखा पर्‍यो त्यसमा लेखिएको थियो " रक्सी खादा हुने नराम्रो असर " उसले त्यो लेख सबै पढेछ र एक्छिन पछि श्रीमतीलाई " ल अब भोली देखी बन्द । यो सुनेर श्रीमतीले दङग परेर भनि " साचै हो र भोली देखी रक्सी बन्द नै हो त ?? जड्याले भन्यो " रक्सी होइन पत्रीका चाँही बन्द भनेको .....
केही गल्ती नगरेको बिकासजी आफ्नो श्रीमती र आफ्ना १२ जना छोरा छोरी लिएर फ्लिम हेर्नको लागि जादै थियो । चोकमा उभिराखेको पुलिसले बिकासजीलाई कठालो समातेर प्रहरी कार्यालय लग्यो । बिकासजीले अचम्म मानी डराई डराई पुलिस लाई सोध्यो , हैन पुलिस दाई मलाई किन पक्डेर ल्याउनु भएको ? मैले के गल्ती गरेको छु र ? यो सुनेर पुलिसले भन्यो "केही गल्ती नगरेको भए त्यत्रो मान्छेहरुले तिमीलाई घेरी राख्थ्यो त ...
किन बाचिरहनु तिनजना साथीहरु घाम तापेर सुन्तला खाँदै थिए । त्यतिकैमा जहिले पनि अर्काको मात्र खाने आफुले कहिले नख्वाउने चाँही साथी आईपुग्यो । उसले भन्यो " के छ साथी हो ? के खाँदै गरेको ?? यो सुनेर तिनिहरुलाई झनक्क रिस उठ्यो र भन्यो के खानु नि बिष खाएको नि देखेनौ ?सित्तैमा खाने साथीले एउटा सुन्तला टपक्क टिप्यो छोडायो र क्वाप्प खायो र भन्यो " अब तिमी हरुले नै बिष खाइसकेपछि म मात्र किन बाचिरहनु ???
अरु यता >>
^ Scroll to Top