Thursday, June 30, 2011

‘सेक्सी भए एक्लो हुदैनथे’


हलिउडबाट बलिउड भित्रिएकी कट्रिना कैफले आफूलाई एक कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भएकी छिन् । हिन्दी त्यति राम्रो बोल्न नआए पनि फिल्ममा भने उनको सम्वाद कुनै अन्य भारतीय नायिकाको भन्दा कम छैन । उनको सुन्दरतामा दिवाना हुने त हजारौ फ्यान र दर्शकहरु छन् । हालै गरिएको एक पत्रिकाको सर्वेक्षणले कट्रिना संसारकै सबैभन्दा सेक्सी युवती भएको देखाएको छ । तर आश्चर्यको कुरा के छ भने कट्रिना भने स्वयंलाई सेक्सी नभएको बताउछिन् ।

‘म आफूलाई सेक्सी मान्दिन । यदि यो साचो भएको भए म अहिलेसम्म सिङ्गल (एक्लो) हुदैनथे । साच्चै भन्दा दर्शकले मलाई सेक्सी मानेका हुन्,’ सर्वेक्षण नतिजामा प्रतिक्रिया दिदैं कट्रिनाले बताइन् । आफूलाई सुन्दरी र सेक्सी देख्ने दर्शकहरुलाई उनले हृदयदेखि धन्यवाद दिएकी छिन् । यस्तो सम्मानले खुसी लागेको भन्दै कटि्रनाले भनिन्, ‘५० वर्षपछि उक्त पत्रिकाको कभरमा जब मेरो तस्वीर देख्नेछु, म मेरो नाति-नातिनीलाई गर्वले भन्नेछु कि कुनै समयमा म पनि सेक्सी थिए ।’

आजकल फिल्म पण्डितहरु कट्रिनालाई उत्कृष्ट बलिउड नायिकाहरुमध्येको एक मान्दछन् । यद्यपी कट्रिना यस्तो ‘नम्बर गेम’ मा विस्वास राख्दिनन् । ‘अहिले धेरै राम्रा फिल्महरु बनिरहेका छन् । हरेक कलाकारले सबै प्रोजेक्टमा काम गर्न त भ्याउने कुरै भएन,’ कट्रिनाले मुस्कुराउदै भनिन्, ‘सबैसग प्रशस्तै काम छ । त्यसैले प्रतिस्पर्धाको त प्रश्नै छैन ।’

Onlinekhabar.com
अरु यता >>

Tuesday, June 28, 2011

दुलही खोज्दै ९९ वर्ष वित्यो


जीवन साथी लेखेको पाइन्छ, देखेको पाइदैन भनेर बुढापाकाहरु भन्छन् । धेरै हदसम्म यो सहिजस्तो पनि देखिन्छ । त्यसैले होला विहे स्वर्गमा तय हुन्छ पनि भनिन्छ । यो त भयो आदर्शका कुरा । तर विहे साच्चै नै स्वर्गमा तय हुन्छ या पृथ्वीमा आएपछि, यो भने सदियौंदेखिको विवाद हो । अनगिन्ती कुरालगायत विहेका लागि एकले अर्कालाई मन पराउनुको अहम भूमिका हुन्छ । हिन्दीमा एउटा कहावत छ- गधाको गधी पसन्द आइ तो परी क्या चिज हे? यस्तै भएको छ दोश्रो विश्व युद्व लडेका पूर्व अमेरिकी सैनिक गिल्बर्ट हैरिकको जीवनमा । उनले ९९ वर्षसम्मको लगातार खोजीपछि अन्ततः आफूलाई मन पर्ने जीवनसाथी भेटेका छन् । गिल्बर्टले जून ६ मा ८६ वषिर्य भर्जिनिया हार्टमैनसँग विवाह गरेका थिए ।

भर्जिनियासँगको पहिलो भेट गत वर्ष एक अस्पतालमा भएको गिल्बर्टले बताएका छन् । उनीहरुबीच दिनहु भेट हुने गर्‍थ्यो । अस्पतालमा रहदा सगै बस्न मन लागे पनि अस्पताल नियमका कारण त्यसो हुन नसकेको उनीहरुले बताए । फलतः भर्जिनियाले गिल्बर्टलाई विवाहको प्रस्ताव गरेकी थिइन्, ताकी हरपल सगै बस्न सकियोस् । गिल्बर्टले पनि उनको प्रस्तावलाई हासीहासी स्विकारेका थिए ।

यो मनको कुरा बुझ्न पनि अति गाहृो छ । गिल्बर्टलाई आफ्नो जवानीभर कुनै युवती मन परेन । अहिले बुढेसकालमा आएर ५ बच्चाकी आमा भर्जिनियाको प्रेम र सुन्दरतामा उनी मख्ख छन् । भर्जिनियाको पूर्व श्रीमानको भने मृत्यु भैसकेको छ ।
Onlinekhabar.com
अरु यता >>

Monday, June 27, 2011

best of Charlie Chaplin

अरु यता >>

अंग्रेजीमा ९९ अंक


तनहुँ, अषाढ १३ - यस वर्षको एसएलसी परीक्षामा सहभागी ढोरफिर्दी ३ लालिमका १७ वर्षीय भिक्टोर पौडेलले अनिवार्य अंग्रजीमा ९९ अंक प्राप्त गरेका छन् ।

जिल्लाको दुलेगौंडा ७ गाछेपानीस्थित वाल विद्या मन्दिर हाईयर सेकेण्डरी स्कुलवाट उनी एसएलसी परफक्षामा सहभागी थिए । उनको जन्म २०५१ साल असार ६ गते हो भने सिम्वोल नम्वर ०४२२९७४ ‘एस’ रहेको छ ।

उनले अंग्रेजीमा ९९ अंक आउनु सामान्य झै लागेपनि विभिन्न पत्रपत्रिकामा अंग्रेजी विषयमा ९८ अंक हाँसिल गरेकालाई नेपालकै प्रथम भनेर प्रचार गरिएपछि आफुले पनि ९९ अंक प्राप्त गरेको जानकारी गराउन चाहेको वताए ।

‘एसएलसीको परीक्षामा अनिवार्य अंग्रेजीमा ९९ अंक आउनु सामान्य नै होला भन्ने लागेको थियो’ काठमाडौंमा रहेका उनले ईकान्तिपुरलाई भने, ‘तर सवैले ९९ अंक हाँसिल कसैले गरेका थिएनन् भनेपछि छक्क परेको छु ।’

उनले एसएलसीको परीक्षा भएको दिन रिजल्ट हेर्दा अंग्रेजीमा ९९ अंक आउला भनेर कल्पना नै नगरेको वताए । ‘परीक्षा सकेर आएपछि ९० अंक आउला भन्ने सोंचेको थिएँ’ परिक्षाको समयमा परिश्रम गरेर पढेको वताउँदै उनले भने, ‘नम्वर पत्यारै नलागेपछि काठमाडौंमा रहेका विज्ञान शिक्षक कमल सिग्देललाई समेत ५ पटक हेर्न लगाएँ ।’

आँफुलाई अंग्रेजी र विज्ञानमा विषेश रुचि रहेको पौडेलले वताए । पौडेलले प्राथमिक विद्यालय पश्चिमाञ्चल प्रहरी आवासिय मावि दुलेगौंडा र निमावि तह सोही ठाउँस्थित जिव जुन मेमोरियल सेकेण्डरी वोर्डिङ् स्कुलमा पढेका थिए ।

पौडेलका वावु ईश्वरीप्रसाद एसएलसीसम्मको अध्ययनपछि भारतिय सेनामा कार्यरत छन् । आमा टिकामाया ढोरफिर्दी ३ स्थित ढोरफिर्दी प्राविमा विगत १४ वर्षदेखि पढाउँदै आएकी छिन् । निजी तर्फवाट प्रमाणतह उतिर्ण उनले प्रावि दरवन्दिमा पढाउँदै आएकी हुन् । पौडेलकी ४० वर्षीया आमा टिकामायाले छोरा भिक्टोरलाई कुनै पनि कुरा वुझ्न धेरै पढ्न नपर्ने प्रवृतिको भएको वताईन् ।

‘पढाईका कुराहरु एकै पटकमा वुझ्थ्यो’ आफु गाउको विद्यालयमा पढाउने भएकोले छोराको अंक नै सवैभन्दा धेरै होला भन्ने थाहा नभएको वताउँदै टिकामायाले भनिन्, ‘छोरा विशिष्ट श्रेणीमा उत्रिर्ण भयो त्यसैमा खुसी मानेका थियौं ।’

पौडेलले नेपालीमा ७६ अंक, गणितमा ९७ अंक, विज्ञानमा ८० अंक, सामाजिक शिक्षामा ८४ अंक, स्वास्थ्य तथा जनसंख्या शिक्षामा ८५ अंक, ऐच्छिक गणितमा ९० अंक र लेखामा ८८ नम्वर प्राप्त गरेका छन् ।

विद्यालयका निर्देशक जिपि सिग्देलले पौडेल विद्यालयको परिक्षा तथा हरेक कृयाकलापमा उत्कृष्ठ भई रहने विद्यार्थी भएको वताए । ‘उनी कक्षामा प्रथम, द्धितिय भई रहेने विद्यार्थी हुन् ।’ उनले अंग्रेजी परिक्षामा ९९ अंक आउदा विद्यालयका शिक्षकहरु समेत चकित परेको वताउँदै भने, ‘हामी पनि उनको अंक प्रति अचम्मित छौं ।’


ekantipur.com
अरु यता >>

Friday, June 24, 2011

ऐश्वर्यालाई सलमानको सुझाव -’क्रिकेट टिम बनाउ’


अहिले एश्वर्या राय बच्चनलाई बधाई र शुभकामनाको ओइरो थामिनसक्नु छ । उनी गर्भवती भएको खबरले परिवारमा मात्र हैन, बलिउडभर खुसीयाली छाएको छ । फिल्म निर्माता, निर्देशकदेखि लिएर नायक, नायिका एवं आमदर्शकहरुले पनि एश्वर्या र बच्चन परिवारलाई शुभकामना दिएका छन् । यसमा बलिउडका हस्ती नायक सलमान खान चुक्ने त कुरै भएन । कुनै समय एश्वर्यासँगको चक्करमा पागल झै भएका सलमानले ऐश्वर्यालाई आगामी दिनमा पुरै क्रिकेट टिम बनाउन शुभकामना दिएका छन् । यिनै विश्व सुन्दरीको लागि सलमानले विवेक, साहरुखलगायतसँग दुश्मनी पनि मोलेका थिए ।

‘धेरै धेरै बधाई हजुरबुबालाई (अमिताव बच्चन) । अभिशेक र एश्वर्याले एउटा पुरै क्रिकेट टिम बनाउन भन्ने म चाहन्छु,’ एश्वर्यालाई शुभकामना दिदैं सलमानले भने । बधाइ दिने क्रममा सलमान निकै मुस्कुराइ रहेका देखिन्थे । कतै सलमानले आफ्नो मनभित्रको पीडा लुकाउन ऐश्वर्याले क्रिकेट टीम बनाउन पुग्ने सन्तान जन्माउन भनेर मन बुझाएका छ हैनन् ?

बिहेअघि सलमान र एश्वर्याको सम्बन्धले निकै तहल्का मच्चाएकाले अभिशेक यो खुुसीको खबर सलमानलाई सुनाउने मनस्थितीमा थिएनन् । यद्यपी एश्वर्या र सलमानबीचको पेशागत सम्बन्ध भने टुटिसकेको छैन । २००७ मा बिहेपछि पनि एश्वर्या र सलमानले ‘गड तुसी ग्रेट हो’ नामक फिल्ममा सँगै काम गरेका थिए । एश्वर्या गर्भवती भएसँगै उनी आमा बन्न असक्षम रहेको भन्ने मुम्बइस्थित स्थानिय प्रत्रिकामा प्रकासित समाचार गलत सावित भएको छ ।
Onlinekhabar.com
अरु यता >>

Thursday, June 23, 2011

गुगलको जादु..............

गुरुत्वको नियम कसले पत्ता लगायो । सारै सजिलो, न्युटनले । के यो सिद्धान्त बस्तुमा मात्र लागु हुन्छ ? होइन । सफ्ट्वेयरमा पनि लागु हुन्छ । नपत्याए हेर्नुहोस् न त ।



पहिले ब्राउजरमा www.google.com टाइप गर्नुहोस्

त्यसपछि गुगल खुल्छ ।
अनि सर्च गर्ने ठाँउमा Google Gravity टाइप गर्नुहोस्

र, अन्तमा म भाग्यमानी अनुभव गरिरहेको छु (I am feeling lucky) मा क्लिक गर्नुहोस् । अनि देख्नुहुन्छ जादु ।

paniphoto.com
अरु यता >>

अझै चर्चा छ 'बोर्डफस्र्ट’को

प्रजातन्त्र पुनस्र्थापनापछिका एसएलसी परीक्षामा सर्वोत्कृष्ट ठहरिएका अधिकांशले चिकित्सा पेसा रोजेका छन्


सरकारले ०६२ पछि एसएलसी परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीलाई 'बोर्ड फस्र्ट' घोषणा गर्न छाडे पनि यसको चर्चा भने कायमै छ । सर्वोत्कृष्ट (बोर्ड फस्ट) घोषणाले अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको भन्दै सरकारले पछिल्लो समयमा यस्तो व्यवस्था परिवर्तन गरेको हो । सर्वोत्कृष्ट घोषित भएकाहरू भने अधिकांश अहिले रोजगारी तथा अध्ययनका लागि विदेशमा छन् ।

प्रजातन्त्र पुनस्र्थापनापछिका एसएलसी परीक्षामा सर्वोत्कृष्ट ठहरिएका अधिकांशले चिकित्सा पेसा रोजेका छन् । उनीहरूमध्ये धेरैजसो विदेशमा छन् । केहीले विदेशमा बसेर पढाइलाई निरन्तरता दिएका छन् भने केही जागिर खाँदै छन् । चिकित्सापछि इन्जिनियरिङ पढ्नेको जमात ठूलो छ ।

प्रजातन्त्र पुनस्र्थापनापहिलेका बोर्डफस्ट कोही सामाजिक र कोही राजनीतिक क्षेत्रमा लागेर समेत ख्याति कमाएका छन् । एसएलसी सर्वोत्कृष्टमध्ये ०२६ सालका एसएलसी सर्वोत्कृष्ट डा. बाबुराम भट्टराई अहिले सबैभन्दा बढी चर्चामा छन् । डा. भट्टराई यसअघिको सरकारका अर्थमन्त्री भइसकेका छन् । अर्थमन्त्री हुँदा उनले गरेको कामबाट सन्तुष्ट हुनेको जमात ठूलो छ । विदेशमा अध्ययन गरेर पनि नेपालमा फर्केर राजनीतिमा लागेका व्यक्तित्व हुन्, उनी । इन्जिनियरिङ पढेका भट्टराई अहिले राजनीतिक क्षेत्रमा चर्चित छन् ।

०२४ सालका सर्वोत्कृष्ट डम्बरबहादुर नेपाली चिलिमे जलविद्युत् परियोजनाका संस्थापक हुन् । परियोजना सफल भएपछि उनी एकाएक चर्चामा आएका थिए । आफ्नो कामले यसरी चर्चामा आउने सर्वोत्कृष्टहरू कम छन् । एसएलसीको बोर्डफस्टहरू सरकारी जागिरमा निकै कम छन् । सरकारी जागिरमा बोर्डफस्र्ट शून्य हुनबाट बचाएका छन्, किशोर थापाले । ०३१ सालको एसएलसीका सर्वोकृष्ट थापा अहिले निर्वाचन आयोगमा सचिव छन् ।

०५० सालकी सर्वोत्कृष्ट गरिमा राणा हाल बेलायतमा छिन् । ग्यालेक्सी पब्लिक स्कुलबाट उनले एसएलसी उत्तीर्ण गरेकी थिइन् । एमबिबिएस नपढ्ने थोरै बोर्डफस्टमध्येकी उनी एक हुन् । बेलायतमा उनको अध्ययन अध्यापनभन्दा पनि घरगृहस्थी प्राथमिकतामा छ ।

सरकारले ०५१ सालमा सर्वोत्कृष्ट विद्यार्थीको नामै घोषणा गरेन । ०५२ सालको एसएलसीमा सर्वोत्कृष्ट भएका आयाम लामिछाने अहिले जापानमा छन् । वीरेन्द्र सैनिक आवासीय महाविद्यालय भक्तपुरबाट एसएलसी दिएका लामिछानेले सिभिलतर्फबाट त्यहाँ अध्ययन गरेका थिए । आयामका पिता पदमराज लामिछानेका अनुसार उनी अहिले जापानमा छन् । एसएलसी पास गरेर बूढानीलकण्ठबाट 'ए' लेभल पास गरेपछि उनी छात्रवृत्तिमा जापान गएका थिए । पदमराजका अनुसार आयाम अहिले टोकियो विश्वविद्यालयमा पिएचडी गर्दै छन् ।

विश्वबन्धु बगाले ०५३ सालमा सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसीमा सर्वोत्कृष्ट भएका थिए । सेन्ट जेभियर्समा साइन्स लिएर प्लस टु गरेपछि बगालेले पोखराको मणिपाल शिक्षण अस्पतालबाट एमबिबिएस गरेका थिए । एमबिबिएस सकेपछि उनी केही समय हेल्पिङ ह्यान्ड्स अस्पतालमा बिरामी जाँचेर बसे । पछि उनी अन्तर्राष्ट्रिय आप्रवासी संगठनको -आइओएम) मेडिकल सेक्टरमा आबद्ध छन् । बिरामी लिएर अमेरिका जाने-आउने काममा व्यस्त रहने गरेको बगाले बताउँछन् ।

०५४ सालमा सिद्धार्थ इंग्लिस मावि काभ्रेबाट एसएलसीमा सर्वोत्कृष्ट भएका मदनकुमार बडाल अहिले अमेरिकामा छन् । उनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट एमबिबिएस सकेका थिए । उनले एमबिबिएसपछि चीनमा एक वर्ष अध्यापनसमेत गरेका थिए ।

०५५ सालका सर्वोत्कृष्ट वीरेन्द्र घिमिरे एसएलसीपछि नै विदेशमा छन् । भिएस निकेतन स्कुलमा पढेर सर्वोत्कृष्ट भएका घिमिरेले एसएलसीलगत्तै बेलायतमा छात्रवृत्ति पाएका थिए । बेलायतमा कम्प्युटर इन्जिनियरिङ पढेपछि अहिले उनी जर्मनीमा जागिरे जीवन बिताइरहेका छन् ।

०५६ की सर्वोत्कृष्ट सुम्निमा सिंह अहिले पाकिस्तानमा छिन् । पारिवारिक स्रोतका अनुसार उनी त्यहाँ चिकित्साशास्त्र पढ्दै छिन् । सुम्निमा साहित्यिक गतिविधिमा पनि संलग्न छिन् ।

०५७ सालमा झापाका स्वच्छन्द सोङमेन सर्वोत्कृष्ट भएका थिए । एसएलसीपछि ह्वाइटहाउसमा साइन्स पढेका उनले त्रिवि शिक्षण अस्पतालबाट एमबिबिएस अध्ययन पूरा गरेका छन्् । सोङमेनका बाबु अमरसिंहका अनुसार जापानमा पाँचवर्षे छात्रवृत्ति पाएका उनी हाल उतै छन् । एमडी र पिएचडीका लागि उनले मियाजाकी विश्वविद्यालयबाट छात्रवृत्ति पाएका हुन् ।

पोखराका सुयोग भण्डारी ०५८ सालको एसएलसी परीक्षामा सर्वोत्कृष्ट भएका थिए । उनी अहिले अमेरिकामा छन् । पोखराको शिशु निकेतन स्कुलबाट एसएलसी दिएका भण्डारीले काठमाडौंको बूढानीलकण्ठबाट 'ए' लेभल पास गरेका थिए । शिशु निकेतन स्कुलले दिएको जानकारीअनुसार उनी अहिले बेलायतमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छन् ।

०५९ सालका सर्वोत्कृष्ट विशाल ज्ञवाली र ०६० का विशाल खनाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबिबिएस पढ्दै छन् । यी दुवैले रूपन्देहीबाट एसएलसी दिएका थिए । ज्ञवालीले न्यु होराइजन र खनालले एभरेस्ट बोर्डिङ स्कुलबाट एसएलसी दिएका हुन् । ज्ञवालीले एसएलसीपछि ह्वाइटहाउस इन्टरनेसनल र खनालले क्यास्पियन भ्याली कलेजमा प्लस टु अध्ययन गरेका थिए ।

समीर श्रेष्ठ ०६१ मा काभ्रे माविबाट एसएलसीमा सर्वोत्कृष्ट भएका हुन् । उनी एसएलसीमा बोर्डफस्ट घोषित अन्तिम विद्यार्थी हुन् । समीर अहिले काठमाडौं विश्वविद्यालयमा एमबिबिएस दोस्रो वर्षका विद्यार्थी हुन् ।

०४६ का राजन शर्मा र ०४८ का प्रवीणदेव पाठकलाई पनि स्वदेशले रोक्न सकेन । ०६२ सालयता सरकारी तहबाट एसएलसीमा सर्वोत्कृष्ट विद्यार्थीको नाम घोषणा गर्न छाडिएको छ । अनौपचारिक रूपमा भने हरेक वर्षजसो बोर्डफस्टको नाम सञ्चारमाध्याममार्फत बाहिर आई नै रहेको छ ।

त्र भवानीश्वर गौतम

हालसम्मका बोर्डफस्र्ट

१९९० पुष्पभक्त मल्ल

१९९१ यदुनाथ खनाल

१९९२ गोपालप्रसाद रिमाल

१९९३ श्यामकृष्ण गौतम

१९९४ चन्द्रदेव ओझा

१९९५ तीर्थप्रसाद प्रधान

१९९६ भरतप्रसाद प्रधान

१९९७ भुवनलाल प्रधान

१९९८ रेणुलाल सिंह

१९९९ तीर्थबहादुर प्रधान

२००० ज्ञानमणि आचार्य दीक्षित

२००१ विष्णुप्रसाद धिताल

२००२ रञ्जनमान शर्मा

२००३ उपेन्द्रमान मल्ल

२००४ भवानीशंकर राजवंशी

२००५ दामोदरप्रसाद कायलाद

२००६ शैयादमोहन शाह

२००७ नन्दकिशोर अग्रवाल

२००८ महवीरप्रसाद अग्रवाल

२००९ बाबुलाल अग्रवाल

२०१० पुरुषोत्तमनारायण श्रेष्ठ

२०११ दमलाल श्रेष्ठ

२०१२ रामबाबु शर्मा

२०१३ आनन्दमानसिंह अमात्य

२०१४ दिव्यरत्न शाक्य

२०१५ प्रकाशचन्द्र जोशी

२०१६ शिवप्रसाद अधिकारी

२०१७ रमेश शर्मा भट्ट

२०१८ प्रचण्डराज शाह

२०१९ रमेशानन्द वैद्य

२०२० दीपक बज्राचार्य

२०२१ भेषराज कँडेल

२०२२ महेन्द्रनाथ शर्मा

२०२३ प्रकाश मानन्धर

२०२४ डम्बरबहादुर नेपाली

२०२५ भक्तबहादुर आले

२०२६ बाबुराम भट्टराई

२०२७ आंगिता छिरिङ शेर्पा

२०२८ द्रेनप्रकाश रसाइली

२०२९ राजेन्द्रकुमार कवा

२०३० प्रमोदराज पोखरेल

२०३१ किशोर थापा

२०३२ रामचन्द्र शर्मा

२०३३ बलराम पाण्डे

२०३४ अनिलबहादुर तुलाधर

२०३५ विजयकृष्ण श्रेष्ठ/सतिस बजाज

२०३६ उत्तमकृष्ण श्रेष्ठ

२०३७ द्वारिका श्रेष्ठ

२०३८ अच्यूतबाबु तिवारी

२०३९ लुना भट्ट

२०४० निशा धौभडेल

२०४१ शम्भुशरण शाह

२०४२ राजनलाल प्रधान

२०४३ दीपककुमार सिंह

२०४४ प्रमोद आचार्य

२०४५ राजेन्द्र गुरुङ

२०४६ राजन शर्मा

०४७ मानव भट्टराई

०४८ प्रवीणदेव पाठक

०४९ प्रकाश थपलिया

०५० गरिमा राणा

०५१ .................

०५२ आयाम लामिछाने

०५३ विश्वबन्धु बगाले

०५४ मदनकुमार बडाल

०५५ वीरेन्द्र घिमिरे

०५६ सुम्निमा सिंह

०५७ स्वच्छन्द सोङमेन

०५८ सुयोग भण्डारी

०५९ विशाल ज्ञवाली

०६० विशाल खनाल

०६१ समीर श्रेष्ठ

०६२देखि सर्वोकृष्ट

घोषणा हुन छाड्यो ।

Nayapatrika
अरु यता >>

फेसबुकमा कलगर्लको बिगबिगी


फेसबुकको प्रयोग पछिल्लो समय हृवात्तै बढेको छ । युवादेखि बृद्वसम्मको प्रिय साथी बनेको छ यो सोसल नेटवर्किङ साइट । नयाँ साथी बनाउने, मोडेल तथा नायिका छान्नेदेखि लिएर समाचार स्रोतको रुपमा समेत फेसबुकको प्रयोग हुन थालेको छ । हुँदाहुँदा अब कलगर्लहरुले (सेक्सवर्क) फेसबुकलाई आफ्नो ग्राहक खोज्ने माध्याम बनाएको खुलासा भएको छ । हालै गरिएको एक सर्वेक्षणअनुसार कलगर्लहरुले आफ्नो नग्न तथा अर्धनग्न तस्विरद्वारा धनाढ्य ग्राहकलाई आकषिर्त गर्ने गरेका छन् ।

८३ प्रतिसत कलगर्लहरुको आफ्नो फेसबुक अकाउन्ट रहेको सर्वेक्षणबाट पत्ता लागेको छ । अस्लिल तस्वीरको अलवा यस्तो मेसेज लेखिएको पाइन्छ कि जोकोहिले उनीहरुको भित्री मनसाय एक सेकेन्डमै बुझ्छन् । कलगर्लका लागि सेक्स ब्यवसाय गर्न फेसबुक बरदान नै सावित भएको छ ।

यस्ता कलगर्ललाई फेसबुकबाट ग्राहक मात्र मिलेको छैन, प्रहरीबाट पक्राउ हुने डर पनि टरेको छ । साथै ग्राहक खोजीदिने मध्यस्तकर्तालाई पैसा दिनु पर्ने टेन्सन पनि हटेको छ । ग्राहकले तिर्नु पर्ने रकम र सम्पर्क गर्नु पर्ने स्थानलगायतका सूचनाहरु फेसबुकबाट तय गर्दछन् उनीहरु । वाह ! चोरका दाउ अनेक ।

Onlinekhabar.com
अरु यता >>

Sunday, June 19, 2011

जुन जोडीको फोटोको विश्वमा चर्चा छ


क्यानाडा भ्यान्कोभरमा हकी म्याच भयो । खेलमा हार र जितकोकुरालाई लिएर ठुलो हुलदङ्गा भयो। खेलका पक्ष बिपक्ष बिच ठुलो तनाब भएर सडकमा टोड फोड भए अस्रु ग्यासनै छोड्नु पर्‍यो र हुललाई तहलाउन पुलिसले कत्तीलाई लछार पछार समेत गर्नु पर्‍यो । भोली पल्ट सबै पत्रिकामा हुलदङ्गाका ठुला ठुला न्युज छापिए तर यो हुलदङ्गालाईनै मात गर्ने गरेर एउटा फोटो पत्रिकामा छपियो जुन ईन्टरनेट र सोसल मिडियामा भाईरलको रुपमा गएर तहल्कानै मच्चायो।

त्यो फोटो थियो त्यस्तो तनाब बिच पनि एक जोडी बिच सडकमा बेफिक्री सुतेर किस गर्नु। त्यो फोटो देखेर मान्छेले आफ्नै आफ्नै अड्कल काटे, कसैले हिट हुन यस्तो गरेको भने कसैले यो साचो हुन सक्दैन भने तर खास कुरा के हो त्यो त फोटोमा भएको जोडीले नै भन्न सक्थे। भोली पल्ट यसरी जताततै पत्रिका, ईन्टरनेटमा आफ्नो फोटो देखेर ति जोडी एकदम चकित परेछन् र त्यो फोटो यती हिट भयो कि उनीहरुले मिडियामा आएर के भएको थियो भन्नै पर्ने भयो।

केटा अष्ट्रेलियाका Scott Jones थिए भने केटी क्यानाडाकि Alex Thomas थिइन्। उनीहरुको प्रेम भएको केही महिना भएको रहेछ र उनीहरु पनि गेम हेर्न गएका रहेछन् । फर्कदा बाटोमा हुलदङ्गा भए पछी केटी बाटो मै लडिछन र केटाले साहनुभुति दिन मायाले किस गरेका रहेछन । त्यो केबल १-२ सेकेन्डको मोमेन्ट रहेछ तर क्यामरा म्यानले(Rich Lam) झ्याप्पै कैद गरेछन्।


Scott Jones र Alex Thomas टि.भीमा इन्टरभिउ दिदै अर्को फोटोमा केटी लडेको

जुन कैद गरेको फोटोले त्यहाँ भएको ठुलो तनाबको समाचारलाईनै ओझेल पारी दियो। यो फोटो देखेर धेरैले माया गर्नु पर्छ झगडा होइन, मायाको माझ झगडा फिक्का छ भने । केटा अष्ट्रेलियन हो भन्ने था' पाएर अष्ट्रेलियाले नि ठुला ठुला अक्षरमा अष्ट्रेलियन मायालु हुन्छन भनेर छाप्यो।

त्यो फोटोले गर्दा ति जोडी यती हिट भए कि बिस्वभरका पत्रकारको फोनको ओइरो लागेको छ रे , फेसबुकमा पनि चिन्नु न जान्नु मान्छेहरुले साथीको लागि अनुरोध पठाएका पठाइ छन् रे।

archanashrestha.blogspot.com
अरु यता >>

‘प्रेग्नेन्सी’ लुकाउदै ऐश्वर्य (फोटो फिचरसहित)


ऐश्वर्य राय बच्चनलाई अहिले आमा बन्ने भयले भन्दा पनि आफू गर्भवती भएको कुरा सार्वजनिक होला भनेर ठूलो चिन्ता छ । केहि समयअघि एक कार्यक्रमको सिलसिलामा फ्रान्समा रहदा ऐश्वर्य आफ्नो पि्रग्नेन्सीलाई लुकाउन लुज फिटिङको पहिरनमा देखापरेकी थिइन् । यति मात्र हो र, ऐश्वर्यले हरेक पटक फोटोग्राफरसामू तस्विर खिचाउँदा आफ्नो बढ्दो पेटलाई हात वा कपडाले छोपेको प्रष्ट देखिन्थ्यो । आखिर उनी के लुकाउन खोज्दै छिन् ? उनको यस्तो अनौठो ब्यवहारले उनी गर्भवती भएको हल्ला फेरि बलिउड उद्योगमा चलेको छ ।

फ्रान्सबाट घर फर्केपछि एक सार्वजनिक कार्यक्रममा आफ्नो आमा बृन्दासँग उपस्थित हाुदा पनि ऐश्वर्यले सारीको एक छेउको मदत लिई पेटलाई छापेकी थिइन् । आफ्नो आगामी फिल्म ‘हिरोइन’ को छायांकनमा ब्यस्त रहेकी ऐश्वर्य गर्भवती हुने सोचमा नभएकै कारण पनि उनले यस्तो गरको हुन सक्ने धेरैले अडकल काटेका छन् ।

ऐश्वर्य वा उनको बच्चन परिवारबाट आधिकारिक धारणा सार्वजनिक नभएसम्म उनी साच्चै गर्भवती हुन वा होइनन्, यो निक्योल गर्न कठिन छ । त्यतिजेलसम्म तपाई ऐश्वर्यले चनाखोपुर्वक पेट लुकाएको तस्विर हेरी अडकलबाजी गर्न सक्नु हुनेछ । के यी तस्विरहरुमा ऐश्वर्यले फुच्चे बच्चनलाई लुकाउने प्रयास गरेकी हुन त ?





Onlinekhabar.com
तस्वीरः एजेन्सी
अरु यता >>

सेफअली-करिना सम्बन्ध धरापमा


मुम्बई, अषाढ ५ - बलिउड नायक सेफअली खान र नायिका करिना कपुरबीचको प्रेमसम्बन्ध यतिबेला समस्यामा परेको छ । झन्डै चार वर्ष अघिदेखि औपचारिक प्रेमसम्बन्ध राख्दै आएका उनीहरू छुट्टिन सक्ने अनुमानसहितको समाचार सार्वजनिक भएको छ ।

३० वर्षीया करिना नायक साहिद कपुरसँगको रोमान्टिक सम्बन्धलाई पाखा लगाउँदै आफूभन्दा १० वर्ष जेठा सेफअलीसँग जोडिएलगत्तै सेफ-करिनाको सम्बन्धले चर्चा पाउन थालेको थियो । सेफ सन् २००४ मा अनायस नायिका अमृता सिंहसँगको आफ्नो १३ वर्षे लामो वैवाहिक सम्बन्धलाई विच्छेद गर्दै एकाएक करिनासँग जोडिन पुगेका थिए । उनका दुई सन्तान अमृतासँगै बस्दै आएका छन् ।

करिना र सेफको सम्बन्ध पनि चिसिँदै गएको र दुईबीच बारम्बार झगडा पर्न थालेको समाचारले फ्यानहरू दुःखित छन् । व्यस्त बन्दै गएकी करिनाले आफूलाई यथेष्ट समय नदिएपछि सेफ उनीप्रति रुष्ट हुन थालेको बताईएको छ । ११ वर्षे फिल्मी करिअरमा ६ फिल्म फेयर अवार्ड हात पारेर आफूलाई सफल नायिकाका रूपमा उभ्याईसकेकी करिना अहिले आफ्नो प्रेमी खानसँगको रियल रोमान्स छाडी बाँकी तीन खानसँगको रिल रोमान्समा व्यस्त छिन् । उनी 'रावन' मा नायक शाहरूख खानसँग, 'बडिगार्ड' मा सलमान र रिमा काग्तीको नाम जुरिनसकेको फिल्ममा आमिरसँग व्यस्त भएकी हुन् । पछिल्लोपटक 'गोलमाल थ्री' मा देखिएकी 'थ्री इडियट' करिना पछिल्लो समय विभिन्न विज्ञापनमा समेत व्यस्त देखिन थालेकी छन् । तर प्रेमी खानकै होम प्रोडक्सन फिल्म 'एजेन्ट विनोद' लाई भने उनले समय दिइरहेकी छैनन् ।

करिनाले समय नदिएर काम ढिला हुन थालेपछि पनि सेफअली उनीसँग बेखुसी हुन थालेको अनुमान लगाइएको छ ।

Kantipur
अरु यता >>

Friday, June 17, 2011

आमाले चलाएको कारले किचेर छोराको मृत्यु


सिंगापुरकी एक महिलाले आफ्नै बच्चामाथि कार चढाएकी छिन्

बाहिरबाट कार लिएर आएकी आमाले रिमोटले घरको गेट खोलिन् र कार ब्याक गरेर पार्क गर्न लागिन् । त्यही क्रममा उनले आफ्नै बच्चालाई किच्न पुगिन् ।

सिंगापुरकी एक महिलाले आफ्नै बच्चामाथि कार चढाएकी छिन् । सुन्दै पनि कहालीलाग्दो यो घटना जानाजान भएको भने होइन । ती महिलाले कार ब्याक गरिरहेको वेलामा बच्चा कारमुनि किचिन पुगेको थियो । आमाले चलाएको कारले किचिएको सो दुई वषर्ीय बच्चाको तत्कालै मृत्यु भयो ।

घटनाअनुसार ती महिलाको दुई वषर्ीय छोरो हेनरी हैरिंटन घरमा आफ्नी चार वषर्ीया दिदी र काम गर्ने आइमाईका साथ आँगनमा खेलिरहेको थियो । बाहिरबाट कार लिएर आएकी आमाले रिमोटले घरको गेट खोलिन् र कार ब्याक गरेर पार्क गर्न लागिन् । तर, त्यही क्रममा उनले आफ्नै बच्चालाई किच्न पुगिन् ।

कार ब्याक गर्दै गर्दा उनले बच्चा चिच्याएको आवाज सुनिन् । हत्तपत्त कारबाट झरेर हेर्दा आफ्नै छोरो रगताम्मे हालतमा कारको टायरमुनि किचिएको थियो । सो बीभत्स दृश्य देखेर ती महिला मात्र होइन काम गर्ने आइमाई कहालिँदै चिच्याइन् । उनीहरूले घाइते बच्चालाई कारको टायरमुनिबाट निकालेर हतारहतार केके विमेन्स एन्ड चिल्ड्रेन हस्पिटलमा पुर्‍याए । बच्चा अस्पताल पुर्‍याएको एक घन्टामै डक्टरले बच्चालाई मृत घोषित गरे । कारले किचेर बच्चा मारेकाले सिंगापुर पुलिसले भावविह्वल आमालाई थुनामा राखेको छ । ती आमा आफ्नो बच्चाको यादमा पागलझैं भएकी छिन् ।

Nayapatrika
अरु यता >>
^ Scroll to Top